INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण-पत्र

Photo 20240415 Bateshwor-4

अनौपचारीक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष निरज कार्कीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले बटेश्वार गाउँपालिका वडा नं ४ का वडाका अध्यक्ष कार्कीलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको बटेश्वर गाउँपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मानिसका अधिकारहरुलाई व्यक्तिहरूको पहुँचसम्म पुर्याउन वडा स्तरीय मानव अधिकार समूह गठन गर्नुपर्ने भएकोले सो को लागि सहज वातावरण निर्माण गरिदिनुहुन बटेश्वार गाउँपालिकाका मानव अधिकार समूहले ध्यानाकर्षण पत्र मार्फत अनुरोध समेत गरेका छन् ।

त्यस्तै, बटेश्वार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कार्कीले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ज्ञापन पत्र मार्फत उक्त समूहले गरेका मागहरू जति सक्दो चाँडै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, सदस्य रामहृदय महासेठ, मानव अधिकार समूहका अध्यक्ष सुरज महतो, उपध्यक्ष लक्ष्मी कुमारी महतो, सदस्य सरोज कुमार महतो, इन्सेक मधेस प्रदेश कार्यालयका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष कार्कीलाई ध्यानाकर्षण–पत्र बुझाउनु भयो ।

अन्य

भिडियो