इन्सेकद्वारा गठित मानव अधिकार समूह बुद्धभुमिले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा बुद्धभुमि नगरपालिकालाई माघ २६ गते ज्ञापनपत्र बुझाएको छ ।
मानवअधिकार समूहका अध्यक्ष कृष्णप्रसाद खनालको नेतृत्वमा जिल्लास्थित अधिकारकर्मी तथा उपभोक्ताहरूले बुद्धभुमि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर रावत सहित शाखा अधिकृतहरूलाई ज्ञापन पत्र बुझाएका हुन् ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा गरिएका अन्तरक्रियाया कार्यक्रममा सेवाग्राहीले विभिन्न समस्याहरुका बारे राखेको गुनासाहरूलाई समेटेर ज्ञापन पत्र बुझइएको मानव अधिकार समूहका संयोजक
नेपालको संविधानले मौलिकहक अन्तरगत शिक्षा, स्वास्थ्य, खाद्य र आवासको हकको व्यवस्था गर्नुको साथै ऐन कानुन समेत बनि सकेको अवस्थामा छ मौलिक हक कार्यान्वयनकालागि नगरपालिकाको ध्यान आकर्ष गरिएको ज्ञापनप त्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा नगरपालिकाले पाँचौ नगर सभाबाट खरका छाना हटाउने अभियान अन्तरगत टिन वितरण गर्ने कार्यक्रम अनुसार बुद्धभुमि नपा– ४ कुमाल टोल, जोतपुर लगायतका विभिन्न वडाहरूमा असुरक्षित खरका छाना रहेकोले नगरपालिकाले दिने भनिएका टिन तथा घर निमार्णकालागि आवस्यक सामाग्री सहित सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर रावतले समस्या समाधानकालागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
