इन्सेकद्वारा गठित मानव अधिकार समूहको आयोजनामा फागुन १० गते बुद्धभुमि नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान र कार्ययोजना निर्माण गरिएको छ ।
आधारभुत तहको शिक्षा निशुल्क र अनिवार्य र माध्यमिक शिक्षा निशुल्क भनिएपनि विद्यालयहरूले विभिन्न नाममा शुल्क लिने गरेको , मातृ भाषामा पठन पाठन गर्न पाउने भनिएपनि थारू ,मधेशी ,जनजातीहरूका बालबालिकाहरूले मातृ भाषामा अध्यनन गर्न नपाएको , विधार्थी अनुपातमा शिक्षक दरबन्दी नहुनु लगायतका समस्या पहिचान भएका गरिएका छन् ।
स्वास्थ्य तर्फ स्वच्छ खाने पानीको अभाव , खुला दिशामुक्त घोषणा भएपनि सार्वजनिक स्थलहरूमा शौचालयको समस्या , हरिहरपुर स्वास्थ्य चौकिमा बर्थिङ सेन्टर नहुँदा तीन जना सुत्केरी महिलाले ज्यान गुमाउनु परेको ,हरिहरपुर महुवा, धनकौली लगायतका वडामा गर्भवति महिलाले पोषण युक्त खानपान नहुँदा बालबालिकाहरू कुपोषित हुने गरेको समस्या पहिचान गरिएको
सुरक्षित आवास नहुँदा वर्षेनी आगलागीबाट क्षति हुने गरेको, खाद्य बस्तुमा मिसावट तथा विषादी परीक्षण हुन नसकेको लगायतका समस्या पहिचान गरी कार्ययोजना बनाइएको समुहका अध्यक्ष कृष्णप्रसाद खनालले बताउनु भयो ।
समस्या समाधानका लागी स्थानीय तहसँग सहकार्य गर्दै बजार अनुगमन तथा विभिन्न विषयको अनुगमन गरि भेटघाट ,अन्तरक्रिया गर्ने कार्ययोजना निमार्ण गरिएको खनाले बताउनु भयो ।
मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,