INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समुहबिच अन्तरक्रिया तथा स्वास्थ्य सामग्री हस्तान्त्रण सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा कैलारी गाउँपालिका र गौगीगंगा नगरपालिकामा गठित मानव  अधिकार समुहसँग असार १५ गते अन्तरक्रिया तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले कोभिड—१९ महामारीको समयमा मानव अधिकार समुहले गरेका कार्यको जानकारी लिन, मानव अधिकार समुहले काम गर्दा आइपरेका समस्यालाई आगामी दिनमा सम्बोधन गर्न र मानव अधिकार समुहका पदाधिकारीहरुलाई कोभिड—१९ महामारीको अवस्थामा काम गर्न सहजताका  लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समुहका अध्यक्ष सन्तराम चौधरीले कोभिड सङ्क्रमितहरुका लागि निर्माण गरिएको क्वारेण्टाइनमा खाना र औषधिको व्यवस्थापन गर्न गाउँपालिकासँग पहल गरिएको बताउनु भयो ।

कैलारी गाउँपालिका मानव अधिकार समुहकी सदस्य लक्ष्मी भुलले कोभिड—१९ महामारीको अवस्थामा महिला हिंसाका घटनामा बृद्धि भएको बताउँदै महिला हिंसा घटनाका पीडितको न्यायका लागि पहल गरिएको बताउनु भयो ।

गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समुहकी सदस्य लक्ष्मी बोगटी कुवँरले कोभिड—१९ महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको निषेध आदेशका क्रममा आर्थिक अवस्था कमजोर भएका पीडितहरुको लागि खान तथा औषधिको व्यवस्थापनका लागि आर्थिक सङ्कलन गरी खाद्यन्न वितरण गरिएको बताउनु भयो ।

गौरीगंगा नगरपालिकाका मानव अधिकार समुह की सचिव कमला खातीले नगरपालिका र वडा कार्यालयसँग समन्वय गरी  भारतबाट फर्किएका नेपाली नागरिहरुलाई क्वारेण्टाइनमा बस्ने वातावरण मिलाइएको बताउनु भयो ।

कोभिड महामारीको समयमा मानव अधिकारको क्षेत्रमा कार्य गर्न सहज होस भन्नका लागि डिसिए परियोजाना अन्तर्गत इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समुहका अध्यक्ष क्रमसः सन्तराम चौधरी र टेकराज ओझालाई  स्वास्थ्य सामग्री हस्तान्तरण पनि गर्नु भएको थियो ।

photo20210630kailali (2)

photo20210630kailali (1)

photo20210630 kailali3

अन्य

भिडियो