INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङ शाखाको संयोजनमा आइतबार बागलुङमा मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका जस्ता संवेदनशील मानव अधिकारका विषयमा आफु गम्भिर रहेको बताउनुभएको छ ।

उहाँले सञ्चारकर्मी र सञ्चारमाध्यमकै कारण अधिकार हनन्का घटनामा न्यूनीकरण भएको भन्दै यसलाई शुन्यमा झार्नको लागि सरोकारवाला एक हुनुपर्ने बताउनु भयो ।

बागलुङ नगरपालिकाकालाई छिट्टै बालमैत्री नगर घोषणा गर्ने तयारीमा रहेको भन्दै खड्काले सञ्चारकर्मी र जनप्रतिनिधि मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद शर्माले मानव अधिकारको क्षेत्र फराकिलो भएपनि मौलिक अधिकारमा समेटिका गाँस, बास र कपासमा सरोकारवाला संवेदनशील बन्नुपर्ने बताउनु भयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई जनमैत्री बनाउनको लागि आफु सधैँ संवेदनशील रहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका धौलागिरी संयोजक राम थापा ‘अविरल’ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

photo20220612baglung (1)

photo20220612baglung (2)

photo20220612baglung (3)

photo20220612baglung (4)

photo20220612baglung (5)

अन्य

भिडियो