INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणका लागि सरोकारवालाको प्रतिबद्धता

खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने बारेमा सरोकारवालाहरूले चार बुँदे लिखित प्रतिबद्धता जनाएका छन् ।

इन्सेक कालिकोटको आयोजनामा मङ्सिर १२ गते जिल्ला सदरमुकाम खाँडाचक्रमा सम्पन्न मानव अधिकारको अवस्था र शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा खाँडाचक्र नगरपालिका भित्रका शिक्षकहरूको विद्यालयमा अनियमितता, गुणस्तरहीन शिक्षा, समयमै पठ्यपुस्तक नपुग्ने र विद्यालयमा अवश्यक शिक्षक दरबन्दी नहुँदा भएका समस्या समाधानका लागि स्थानीय सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

नगरपालिका भित्रका स्वास्थ्यचौकी, अस्पतालमा आवश्यक उपकरणको अभाव तथा औषधिको समस्या रहेकाले समस्या समाधानका लागि स्थानीय सरकारले तत्काल पहल गर्ने प्रतिबद्धता समेत सरोकारवालाले कार्यक्रममा जनाएका छन् ।

यसैगरी आवास नभएका परिवारका लागि सरकारले जनता आवास कार्यक्रम ल्याएको भएपनि वास्ताविक घर नभएकाहरूले नपाउने र बनाउन लागिएका घरहरूमा पनि ढिलासुस्ती हुने भएकोले तत्काल वास्तविक घर नभएकाहरूको पहिचान गरेर घर बनाउन स्थानीय सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता कार्यक्रममा सरोकारवालाहरूले गरेका छन् ।

आयातित विषाक्त खाद्यान्नबाट स्थानीय नागरिकको स्वास्थ्यमा असर पर्ने भएकाले स्थानीय उत्पादित खाद्यवस्तुको उपभोगका लागि सर्वसाधारणलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत कार्यक्रममा जनाइएको थियो ।

Photo20191129Kalikot01

Photo20191129Kalikot02

Photo20191129Kalikot03

अन्य

भिडियो