INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार शिक्षा कार्यक्रमको अनुगमन

WhatsApp Image 2023-11-10 at 10.18.27 AM (1)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) केन्द्रिय कार्यालयका निर्देशक मदन पौडेल नेतृत्वको टोलिले ०८० कात्तिक २२ र २३ गते मानव अधिकार शिक्षा कार्यक्रमको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कात्तिक २२ गते श्री जनता माध्यमिक विद्यालय, नक्टाझिजमा इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले मिथिला नगरपालिकामा आयोजना गरेको सडक नाटकको अनुगमन गरेको छ भने सटक नाटकको सन्दर्भमा स्थानीयसँग प्रतिक्रिया समेत लिनु भयो ।

इन्सेकका निर्देशक मदन पौडेलले सडक नाटकको अवलोकन पश्चात बाल अधिकार सचेतना समूहद्वारा समुदाय स्तरमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण र सबै प्रकारका हिंसा तथा विभेद विरुद्ध जनचेतना फैलाउने पक्षमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले इन्सेक मार्फत सडक नाटक प्रर्दशन सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरी बाल अधिकार सचेतना समूहमा आबद्ध बालबालिकाहरूको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा योगदान पुर्याउने बताउनु भयो ।

यसैबिच उक्त टोलीले कात्तिक २३ गते श्री जनाता माध्यमिक विद्यालय, नक्टाझिजमा बाल अधिकार सचेतना समूहसँग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । अन्तरक्रियाको क्रममा निर्देशक पौडेलले बाल अधिकार सचेतना समूहले सञ्चालन गरेका अभियानहरू समसमायिक सवालहरूमा केन्द्रित सडक नाटकहरू निकै लोकप्रिय र आकर्षक रहेको बताउँदै बालबालिकाहरूलाई बाल अधिकारको रक्षार्थ अभियान चलाउन इन्सेकको सहयोग रहने बताउनु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बाल अधिकार सचेतना समूहले विगतको वर्षदेखि नै बाल अधिकारको संरक्षण र सम्बद्र्धनका लागि निर्वाह गरेको भूमिका अत्यन्तै सराहनीय रहेको बताउँदै आगामि दिनमा समेत बाल अधिकारका अभियानलाई हरेक विद्यालय, समुदाय र घर घरमा पुर्‍याउनु पर्नेमा जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेशका सहायक अधिकृत बरुण बस्यालले मानव अधिकार शिक्षा कार्यक्रम मार्फत स्थानीय समुदायलाई उनीहरूको अधिकार र दायित्वप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित समूहहरू मधेस प्रदेशमा क्रियाशिल भएर लागिपरेको र आगामि दिनमा यस अभियानलाई थप प्रभाकारी बनाउँदै लैजाने बताउनु भयो ।

यसैगरी श्री शिव शक्ति माध्यमिक विद्यालय, बटेश्वरमा गठित बाल अधिकार सचेतना समूहद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै इन्सेकका निर्देशक पौडेलले साँस्कृतिक अधिकारको संरक्षण र सम्बद्र्धनका लागि बाल अधिकार सचेतना समूहमार्फत सञ्चालित यसता अतिरिक्त क्रियाकलापहरूले बालबालिकाहरूलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने र उनीहरूको प्रतिभा प्रर्दशनका लागि अवसर प्राप्त हुने बताउनु भयो ।

उक्त साँस्कृतिक कार्यक्रममा बालबालिकाहरूले लघु कथा तथा नृत्य र कविता वाचन लगायतका क्रियाकलापहरू प्रस्तुत गरेका थिए ।

त्यस्तै, अनुगमनकै क्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा प्रदेश कार्यालयमा बसेको बैठकमा इन्सेकका निर्देशक पौडेलले मानव अधिकार शिक्षा कार्यक्रम मधेस प्रदेशमा निकै प्रभावकारी रहेको बताउँदै आगामि दिनमा यसलाई अझ राम्रो बनाउँदै लगेमा मानव अधिकार शिक्षा अभियानले सार्थकता पाउने बताउनु भयो । यसैगरी मानव अधिकार प्रलेख तथा प्रशार कार्यक्रम अन्तर्गत मानव अधिकार उल्लंघन घटनाहरूको अभिलेखिकरण गर्दै पीडितहरूको न्यायमा पहुँच अभिवृद्धि गर्न इन्सेक केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको इन्सेकका निर्देशक पौडेलले बताउनु भयो ।

उहाँले प्रदेश आलेख मार्फत मानव अधिकार वर्ष पुस्तक २०२४ मा मधेस प्रदेशको हरवा चरवाको अवस्था बारे गरिएको अध्ययन समेटिने बताउनु भयो ।

WhatsApp Image 2023-11-10 at 10.18.29 AM

WhatsApp Image 2023-11-10 at 10.18.28 AM (1)

WhatsApp Image 2023-11-10 at 10.18.28 AM (2) WhatsApp Image 2023-11-10 at 10.18.29 AM (1) WhatsApp Image 2023-11-10 at 10.18.28 AM

अन्य

भिडियो