INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ पुस १ गते सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठान को आयोजनामा सरोकारवाला बीच जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनाको विषयमा छलफल तथा समीक्षा गरिएको हो ।

कार्यक्रमका प्रखुम अतिथि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मानव अधिकारको रक्षाका लागि सवैको भूमिका आवश्यक रहने बताउनु भयो । उहाँले राज्यको दायित्व प्रमुख भएपनि मानव अधिकार उपभोग गर्ने नागरिकको पनि त्यसमा जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले अहिले नागरिकहरुमा हक अधिकारको बारेमा मात्र ज्ञान भएको र आफ्नो कतव्र्य र दायित्व बारेमा चेतनाको अभाव भएको व्यवहार देखा पर्दै गएकोले इन्सेक लगाएत मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले नागरिकको अधिकारका साथसाथै आफ्नो कतव्र्यको पालना गर्नका लागि पनि चेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जिल्ला बताउनुभयो ।

कार्यक्रममा इन्सेक प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेले ०८१ पुस १७ गतेदेखि ०८२ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका ४२ ओटा घटनाहरुको प्रस्तुति गर्नु भएको थियो । जसमा सम्मानित रुपले बाँच्न पाउने अधिकार अन्तरगर्त हत्याका तीन ओटा, बाल अधिकार, महिला माथि हुने सबै प्रकारका भेदभाव तथा दुरव्र्यवहार ३८ ओटा र सार्वजनिक सम्पत्तीमा क्षतिको एक ओटा गरी ४२ ओटा घटनाहरु रहेका छन् ।

जिल्ला सदरमुकाम खलंगा भएको कार्यक्रममा, सरकारी कर्मचारी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीहरु, मानव अधिकार रक्षक, पत्रकाहरुको उपस्थिती रहेको थियो ।

रविन्द्र पाण्डे

अन्य

भिडियो