INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाहरुको जिल्लास्थित सरोकारवालाहरुसँग अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधिहरुले सन् २०२४ जनवरीदेखि सन् २०२४ जुनसम्म सङ्कलन गर्नुभएका घटनाहारुको पूर्व समीक्षा गर्नुभएको हो ।

इन्सेक वैतडी प्रतिनिधि नरी बडुका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८१ असार ११ गते जिल्लास्थित सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुले सन् २०२४ जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा जिल्लाको आर्थिक, समाजिक तथा सास्कृति अधिकारको अवस्था समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।

photo20240625baitadi (4)

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक नेपालमा मात्र नभई अन्य देशहरुमा पनि जाने भएकाले यसमा समावेस घटनाका बारेमा जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी दिपक गीरीले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना अभिलेख गरेर समाजलाई सचेत पारेको बताउनु भयो ।

अधिकारकर्मी पार्वती भट्टले इन्सेकले गरेको कामको प्रसंसा गर्दै जिल्लाको स्वास्थ्य अवस्था तथा अस्पतालको समस्याका बारेमा सम्बन्धित निकायमा वकालत गर्न सहयोग गर्नु पर्ने बताउनु भयो ।

अधिकारकर्मी सरस्वती नेपालीले न्यायिक निकायमा दर्ता हुन नसकेका घटनाहरु इन्सेकले अभिलेख गनृ पहल गर्नु पर्ने बताउनु भयो ।

photo20240625baitadi (5)

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ असार ११ गते सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२४ जनवरीदेखि जृुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गर्नु भएको थियो । बलात्कार तथा बलात्कार प्रयासबाट पाँच, घरेलु हिंसाबाट १०, लैंङ्गिक हिंसाबाट तीन र बहुविवाहबाट दुई जना गरी १९ जना पीडित भएका तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार हितसम्बन्धिको दस्तावेज भएको र यस पुस्तकले राज्यलाई मानव अधिकारप्रति थप जिम्मेवार बनाउन मदत गरेको बताउनु भयो ।

photo20240625bajura (2)

राज्यले मानव अधिकारसँग सम्बन्धीत अन्तराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको भए पनि मानव अधिकारका सवालहरुमा ध्यान दिन सकेको अवस्थामा मानव अधिकार वर्ष पुस्तकले राज्यलाई घचघच्याउन सहयोग पुगाएको उहाँले बताउनु भयो ।

इन्सेकले मानव अधिकारका सवालमा गरेको वकालत तथा पीडितको न्यायिक तथा कानूनी प्रक्रियामा गरेको सहयोग महत्वपूर्ण रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका असई पुष्पा गिरीले बताउनु भयो ।

photo20240625bajura (1)

जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले दुरदराजबाट बाहिर आउन नसकेका घटनाहरु बाहिर आउन सहयोग पुगेको उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासघका पूर्व अध्यक्ष मदनराज जैशीले हिंसा पीडित महिलाहरुलाई कानुनी प्रकृयामा ल्याउन उजुरी प्रकृयालाई सघाउनु पर्ने बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ११ गते जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि सत्यराज सिंहले सन् २०२४ जनावरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका ४४ ओटा घटना प्रस्तुत गर्नु भएको थियो । जसमध्ये बहुविवाहका चार, जबरजस्तीकरणीका आठ र घरेलु हिंसाका ३२ ओटा घटनाहरु प्रस्तुत गर्नुभएको थियो । ६ महिनाको तथ्याङ्क अनुसार जिल्लामा सबै भन्दा बढी घरेलु हिंसाका घटना भएका छन् ।

photo20240625bajhang (1)

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखले मानव अधिकार संरक्षणमा ठुलो सहयोग पुगाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी भरत शाहले भौगोलिक विकट्तामा पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गरेर सराहनीय कार्य गरेको बताउनु भयो । पहिले भन्दा पछिल््लो समय जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको न्युनीकरण भएको उहाँले बताउनु भयो ।

नागरिक समाजका अगुवा धर्मजंग सिंहले इन्सेकले सङ्कलन गरेका घटना यथार्तपर भएको र मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना न्यूनीकरणका लागि इन्सेकले समुदायस्तरमा जनचेतनामूलुक तालिम वा गोष्ठी गर्न आवश्यक भएको  सुझाव दिनु भयो ।

photo20240625bajhang (2)

गैरसरकारी संस्था महासंघ, बझाङका अध्यक्ष लवराज जोशीले ग्रामीण क्षेत्रमा अझै कानुनी सचेतना जगाउनु पर्ने भएकोले इन्सेकले सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्न सुझाव दिनु भयो ।

इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा तथा अन्तरक्रिया कार्यक्रम ०८१ असार ११ गते सिलगढीमा सम्पन्न भएको छ ।

मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको सन्दर्भमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

photo20240625doti (2)

इन्सेक डोटी प्रतिनिधि  नेपालीले सन २०२४ जनवरीदखि जुनसम्म  ६ महिनाको अवधिमा जिल्लामा संकलिन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनााहरु तथा जिल्लाको आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

६ महिनाको अवधिमा जिल्लामा घरेलु हिसा, बलात्कार तथा बलात्कारको प्रयासका ११ ओटा घटनाहरु भएको तथ्यतथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि नेपालीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयका प्रतिनिधि, मानव अधिकार संजाल, महिला अधिकार मञ्च, पत्रकार तथा बिभिन्न संघसास्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

photo20240625doti (1)

अन्य

भिडियो