INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले इन्सेकले सङ्कलन गरेका घटनाहरु तथ्यपरक रहेको भन्दै फरक प्रकृतिका घटनाहरु समेत समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले मानव अधिकार स्वतन्त्रहुनुपर्ने भन्दै प्रशासनले नागरिकको जीउधन, स्वतन्त्रता र अधिकारलाई ध्यानमा राखेको बताउनुभयो ।

त्यस्तै जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख नविन भट्टले मानव अधिकारको क्षेत्रमा इन्सेकको महत्वपुर्ण भूमिका रहेको भन्दै घटनाहरु थपघट गर्नुपर्ने बताउनुभयो । जिल्ला अदालतका तहसिलदार मोतिप्रसाद देवकोटाले मानव अधिकार उल्लङ्घनका घटनामा विभिन्न स्वरुपहरु बदलिएको भन्दै अदालतमा भएका थप घटनाहरुको दस्तावेज गर्न इन्सेकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै गरी जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई दिपेन्द्र केसीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले समाजमा मानव अधिकार संस्कृतिको विकास हुनुका साथै सामाजिक विकासमा टेवा पुग्ने बताउनुभयो । मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पीताम्बर ढकालले मानव अधिकारको संरक्षण सम्द्र्धन गर्ने राज्यको दायित्व भएपनि इन्सेक जस्ता मानव अधिकारको क्षेत्रमा कामगर्ने सस्थाहरुले महत्वपूर्ण काम गरिरहेको बताउनुभयो ।

अधिवक्ता गिता कोइरालाले विभिन्न प्रकारका घटनालाई पनि मानव अधिकारसँग तुलना गरेर पुस्तकमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि जगतदल जनाला विकले सन् २०२३ जानवरी १ देखि डिसेम्वर १६ सम्म सङ्कलन गरिएका ९८ ओटा घटना प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरेको प्रतिवेदनमा घरेलु हिसांका ५८,बलात्कारका १४,कुटपिट दुव्र्यहा धम्की ७,विद्यालय सजायका १, आत्महत्या दुरुत्साहन १, बालविवाह १, बाललको होस्टेलमा मृत्यु १, बाल अधिकार बलात्कारका १२ र हत्याका २ घटना रहेका छन ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले छुटेका घटनाहरुलाई सम्बन्धित निकायसँग समन्वय गरी पुस्तकमा समेटिने बताउनुभयो ।

कार्यक्रममा नेपालबार एसोसिएसन सुर्खेत, उच्च बार सुर्खेत, फियान नेपाल, राष्ट्रिय अपाङग महासंघ नेपाल ,आवाज र पत्रकार महासंघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Photo20231218Surkhet (3) Photo20231218Surkhet (4) Photo20231218Surkhet (5) Photo20231218Surkhet (1) Photo20231218Surkhet (2)

अन्य

भिडियो