INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७९ पुस १७ गतेदेखि ०८० मङ्सिर २८ गतेसम्म सङ्कलन गरिएका २७ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित आठ ओटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका आठ ओटा, हत्याको दुई ओटा, जातीय विभेदका तीन ओटा, वेपत्ताको एउटा, मानव बेचविखन तथा ओसारपसारको एउटा, बाल विवाहको एउटा, बहु विवाहको एउटा र घरेलु हिंसाको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य कलबहादुर हमालले इन्सेकले तयार पारेको प्रतिवेदन माथि प्रकाश पार्दै घटना सङ्कलनमा इन्सेक बाहेक अन्यले यथार्थ घटना सङ्कलन नगरेको बताउनुभयो ।  सत्य, तथ्यपूरक घटना सङ्कलनले इन्सेक विश्वसनियताको पात्र बनेको छ । इन्सेकले द्वण्द्वकालमा गरेका सकारात्मक पक्षलाई झल्काउदै इन्सेककै कारण मानव अधिकारको सुनिश्चितता भएको उहाँकाे भनाइ छ ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष डवल रावतले इन्सेकले सङ्कलन गरेका घटनाप्रति सकारात्मक धारणा राख्दै प्रतिवेदनमा छुटेका घटनाहरूलाई समेट्न सुझाव दिनु भएको छ । उहाँले विशेष गरेर गाउँमा मानव अधिकार उलङ्घनका घटनाहरू लुकेर रहेकोले ति घटनाको पनि खोजी गर्न इन्सेकलाई आग्रह गर्नु भएको हो । एक पटक घटेको घटना पुनः नदोहिरिने गरी इन्सेकले सङ्कलन गर्नुका साथै न्यायको पहुँजसम्म पुर्याउन इन्सेकलाई उपाध्यक्ष रावतले सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विनोद पोख्रेलले नेपालमा विगतमा नागरिकले स्तन्त्रता, समनता, सुनिश्चिता र मानव अधिकारको प्रत्याभूति नगरेको बेला पछिल्लो समय नेपालमा विभिन्न संघसंस्थाहरूले मानव अधिकारसंग सम्बन्धित कार्य गर्दा नागरिकले मानव अधिकारको प्रत्याभूतिको अुभूति र महसुुस गरेको बताउनुभयो । उहाँले राज्यपक्षबाट भएका र हन सक्ने सुरक्षा सम्वेदनशिलतालाई मध्ये नजर गर्दै आगामी दिनहरूमा उक्त घटना हुन नदिने कार्यक्रममा प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उपस्थित भएका सम्पुर्ण वक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाइ राखेका थिए । जिल्लामा खाद्यान्नको अभाव, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रुपमा उपचार नपाएका विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।

Photo20231214Humla (1)

Photo20231214Humla (2)

Photo20231214Humla (3)

Photo20231214Humla (4)

अन्य

भिडियो