INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सन २०२२ जनावरी १ देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका २७ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

कार्यक्रममा सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित पाँच,  शिक्षा तथा खाद्यको अधिकार सम्वन्धि दुइ , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका सात, वेवारिसे बम विष्फोटनबाट मृत्यु एक, जातीय विभेद चार  र घरेलु हिंसाको आठ ओटा घटना प्रस्तुत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमहरी शर्माले मानव अधिकार उलङघनका घटनाहरू सभ्य र सम्वृद्ध समाज निमार्णका मानव अधिकार मैत्री समाज निमार्ण गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले यसका लागि मानव अधिकार उलङ्घनका घटनामा कमी गराउन राज्यका निकाय इन्सेक लगाएतका मानव अधिकारको क्षेत्रमा काम गर्ने निकायहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै कालिकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जिल्ला प्रहरीमा आउने महिला हिंसा,जातीय विभेद, यौन दुर्व्यवहारका उजुरी आएका कसैको दवावमा नपरि पीडितलाई न्याय दिलाउनु लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।

नेपाल बार एसोसियसन कालिकोटका अध्यक्ष अमलराज शाहीले विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेज प्रकाशन  गर्दै आएको हुनाले यसले पीडितलाई न्याय दिनका लागि प्रमाण भएको वताउनु भयो । साथै उहाँले मानव अधिकार बर्ष पुस्तकको आधारमा विगत द्वन्द्वकालदेखि मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकाहरुले क्षतिपूर्ति पाएको स्मरण गराउनु भयो ।

माओवादी केन्द्रका अजय बमले मानव अधिकार उलङ्घन गर्नेमा सरकार पक्षनै हुने भएकाले प्रत्येक नागरिकले खाद्यन्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट प्राप्त हुनु पर्ने  औल्याउनु भयो ।

जिल्ला प्रशासन कार्यालयका सभाहलमा सम्पन्न कार्यक्रममा अदालत,सरकारी वकिल कार्यालयका प्रतिनिधि राजनीति दल, प्रहरी प्रशासन, कारागार,पत्रकार,मानव अधिकारकर्मी र महिला अधिकारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

Photo20221227Kalikot (3)

Photo20221227Kalikot (2)

Photo20221227Kalikot (1)

अन्य

भिडियो