INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका ३२ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित १९ ओटा, स्वास्थ्य तथा शिक्षाको अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका नौ ओटा, हत्याको एउटा, वेपत्ताको एउटा र घरेलु हिंसाको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो ।

नेपाली कांग्रेका जिल्ला उपसभापति बसन्त रोकायाले विशेष गरेर मानव अधिकार उलंघनका घटनाहरू घट्नुमा मुख्यत अशिक्षाका कारणले घट्ने गरेको बताउनु भएको छ । उहाँले इन्सेकले सङ्कलन गरेका घटना भन्दा गाउँमा धेरे लुकेर रहेका घटनाहरूलाई पनि सङ्कलन गर्नु पर्ने सुझाव दिनु भएको छ । रोकायाका अनुसार इन्सेकले वर्ष भरि सङ्कलन गरेका घटनाले सरोकावाला पक्ष लगायत सम्पुर्ण व्यक्ति यस्ता खाले घटना गर्न नहुने तर्फ सजक्ता अपनाउने र आगामी दिनहरूमा उलङ्घनका घटनामा सुदृढीकरण तथा न्यूनिकरण हुने भनाई राख्नु भएको हो ।

त्यस्तै विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकासित गर्दै आएको यो एउटा अत्यान्तै सकारात्मक कुरा भएको सरकारी वकिल पुर्णबहादुर केसीले बताउनु भएको छ । उहाँले आगामी दिनहरमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका घटनाहरुलाई पनि समावेश गरिएमा अझ थप इन्सेकको प्रतिवेदन तथ्यमा आधारित हुने सुझाव दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला अदालतका उप सचिव (श्रेष्तेदार) कमल कुमार आचार्यले भौगोलिक विकटेताका बावाजुत पनि इन्सेकले मानव अधिकारसंग सम्वन्धित घटनाहरू सङ्कलन गर्नुमा राम्रो कार्य भएको बताउनु भएको छ । उहाँले इन्सेकले वर्षभरि सङ्कलन गरेको प्रतिवेदनमा केही छुटेका घटना भए थप गरिनु पर्ने सुझाव राख्नु भएको छ । प्रत्येक व्यक्तिले सरकार पक्षबाट सहजै पाउनु पर्ने सुचना समेत सहज नभएका कुरा पनि प्रतिवेदनमा समेटिनु पर्ने श्रेष्तेदार आचार्यको भनाई छ ।

कार्यक्रमका अध्यक्ष एवम् बार एसोसियनका सचिव तथा बैधानिक वकिल राजन चन्दले इन्सेक प्रतिनिधिले प्रतिवेदनमा सम्पुर्ण कुरा समेटेकोमा धन्याबाद दिनु भएको छ । उहाँले कार्यक्रममा बोल्दै विशेष गरी मानव अधिकार उलंघन गर्नेमा सरकार पक्ष नै हुन्छ । प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट प्राप्त हुनु पर्ने कार्यक्रमका अध्यक्ष चन्दले बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित भएका सम्पुर्ण बक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाई राखेका थिए ।

जिल्लामा खाद्यान्नको अभाव, निर्वाचनमा सहज रुपमा मतदान गर्न नपाएको, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रुपमा उपचार नपाएका विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।
Photo20221216Humla (1)

Photo20221216Humla (4)

Photo20221216Humla (2)

अन्य

भिडियो