INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कैलाली जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । समीक्षाका साथै प्रदेश नं ७ को मानव अधिकार स्थितिसूचक प्रतिवेदन माथि असार १९ गते छलफल गरिएको छ ।

Photo20170703Kailali

कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले सुदूरपश्चिम क्षेत्रमा गत ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबारे एक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सुदूरपश्चिमाञ्चल क्षेत्रमा राज्य पक्षबाट पाँच र गैरराज्य पक्षबाट २ सय २० गरी जम्मा २ सय २५ जना पीडित भएको उल्लेख छ ।

१६ जना नागरिक तथा राजनीतिक अधिकारबाट ११ जना, आर्थिक समाजिक अधिकारबाट, एकजना यातनाबाट, १२ जना बाल अधिकारबाट, १ सय ७६ जना महिला अधिकारबाट र नौ जना जातीय विभेदबाट पीडित भएको पाइयो ।

संयोजक जोशीले मानव अधिकारको संरक्षण र सम्बर्धनका लागि राज्यपक्ष बढी जिम्मेवार हुन जरुरी रहेको र राज्यले आफ्ना सयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा धनगढीका प्रलेख अधिकृत कृष्ण बिकले यस क्षेत्रका नौ ओटै जिल्लाका प्रतिनिधिमूलक घटना प्रस्तुत गरेका थिए ।

कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीले नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि कैलाली जिल्लामा ६ महिनाको अवधिमा सङ्कलन गरिएका १ सय ३१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सन्ध्याराजेश्वरी सिंहले अझ बढी बालबालिका पीडित भएका घटनाहरू पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्न सल्लाह दिइन् ।

दलित महिला अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले पुस्तकमा घटनामात्रै अभिलेखीकरण नगरी अब घटना न्यूनीकरणमा पनि मुख्य भूमिका खेल्न आवश्यक रहेको बताइन् । उनले अन्तरजातीय विवाहलाई बेचबिखनमा राख्ने, अदालतले गरेको फैसला कार्यन्वयन नहुने र अनुगमन नहुने जस्ता कृयाकलापले मानव अधिकारको अवस्था कमजोर हुँदै आएको बताइन् ।

रविना चौधरी

अन्य

भिडियो