इन्सेकको अयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१८ जनवरी देखि हालसम्म सङ्कलन गरेका २४ ओटा घटनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका सहभागिहरूले गाउँ गाउँमा लुकेका र दबाइएका घटनाहरू पुस्तकमा समावेश गर्नुपर्ने, जघन्य अपराधका घटनामा मिलापत्र भएका घटना पनि समावेश हुनुपर्ने, शिक्षा, स्वास्थ्य तथा मौलिक हकसम्बन्धी नागरिकको आवश्यकता परिपूर्ति नभएका घटनाहरू पनि समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।
माधवकुमार ओली