INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा  डुडुवा गाउँपालिकामा चैत ८ गते पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

 अध्यक्षमा भागीरथी चन्द, उपाध्यक्षमा रमेश यादव, सचिवमा उदयराज जयसवाल, सहसचिवमा रोशनी थापा र कोषाध्यक्षमा कुन्नी जयसवाल चयन भएका छन् । यसैगरी अन्य सदस्यहरूमा केलाराम महावत, नन्दरानी मौर्य, धरमवीर सोनी, शारदा हरिजन, यसोदा यादव, इमरान खाँ, विना बि क, हेमा थापा चयन भएका छन् ।

 सञ्जाल गठनसँगै पहिलो बैठकले  जिल्लामा हुने मानव अधिकार रक्षक सञ्जालको तालिममा सहभागि पठाउने निर्णय पनि गरेको छ ।

photo2021032201palpa

 यसैगरी, यज्ञमूर्ति तिमिल्सिनाका अनुसार इन्सेक पाल्पाको आयोजनामा चैत ६ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ ।

 मानव अधिकारका क्षेत्रका सवालहरूमा वकालत तथा पैरवी गर्ने र पीडित पक्षलाई न्याय दिलाउने पहल गर्ने उदेश्यले मानव अधिकार एलाइन्सकाका जिल्ला अध्यक्ष भगवान भण्डारीको  संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

 सह संयोजकमा  नेपाल बार एसोसिएसनका केन्द्रीय पार्षद गिता शर्मा रहनु भएको छ । सदस्यहरूमा गैसस महासङ्घका ठाकृुर लोहागुन, पाल्पा बिकास केन्द्रका किरण कौशल, दलित अधिकारका लागि साझा अभियानका मिलन बिश्वकर्मा, रिलेकका जीवलाल बस्याल, एकल महिला मानव अधिकार सञ्जालकी तुल्सी गैरे, फेडोकी तुल्सी पृथी, पत्रकार नारायण न्यौपाने, सहकार्य नेपालका नेत्र गैरे, नेपाल रेडक्रस सोसाइटीका बिनोद भारती र सञ्चारकर्मी अनिता खनाल रहनु भएको छ ।

 सञ्जाल गठन कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्माले जिल्लाका मानव अधिकारका सवालहरूमा मानव अधिकारकर्मीहरूको उचित ध्यान जानुपर्ने बताउनु भयो ।

 पहिलो बैठकले हाल स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत जिल्लाका दुई ठुला अस्पतालहरू युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन बिरामी आउनु पुर्व जिल्ला अस्पतालको रेफर लेटर अनिवार्य बनाइएको र यो प्रक्रियाले बिरामीहरू रेफरकै लागि दिनभर जिल्ला अस्पतालमै लाइनमा बस्नु पर्दा समस्या परेको बिरामी सिधै अस्पताल सेवा लिन पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

अन्य

भिडियो