अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार रक्षक अभिमूखिकरण कार्यक्रम ०८२ जेठ १९ गते धनगढीमा सम्पन्नभएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नागरिकको न्यायको पक्षमा काम गर्दा र मानव अधिकारको संरक्षणको लागि वकालत पैरवी गर्दा मानव अधिकार रक्षकहरुलाई बिभिन्न जोखिम, चुनौती र समस्या आइपरेकाले त्यस्ता जोखिमको समना गर्न मानव अधिकार रक्षकहरु सजग हुन आवश्यक रहेको र अग्रस्थानमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुले भोग्नु परेको जोखिमहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव झंकर रावलले मानव अधिकार रक्षकको परिभाषा, अधिकार क्षेत्र र दावित्व, मानव अधिकार रक्षक निर्देशिका, मानव अधिकार रक्षकको बिषेशता, भूमिका र मानव अधिकार रक्षकहरुले उठान गर्नु पर्ने सवाल, मानव अधिकारको अनुगमन र तथ्य संकलनको बारेमा छलफल गर्नु भएको थियो ।

एडभोकेसी फोरमका संयोजक पुष्पविक्रम शाहीले मानव अधिकार रक्षकको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षा ढाँचा र कानुनी व्यवस्थाका बारेमा छलफल गराउनु भएको थियो ।
महिला मानव अधिकार रक्षक अभियान्ता चित्रा पनेरुले महिला मानव अधिकार रक्षकको अधिकार, स्थान, लैङ्गिक समानता र परिवर्तित समाजको विश्लेषण बारेमा छलफल गर्नुभएको भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले वातावरण र मानव विकास, वातावणीय प्रभावको वर्तमान अवस्था, वातावरणीय सवाल, वातावरण प्रदुषणका कारणहरु, संवैधानिक र काननुी व्यवस्था, वातावणीय मानव अधिकारका विषयहरु, व्यवसाय र मानव अधिकार, व्यवसाय र मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मार्गदर्शन सिद्धान्तका मान्यताहरुको बारेमा प्रस्तुती गर्नुभएको भयो ।

दुई दिनसम्म सञ्चालनभएको सो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा कार्यरत मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
