INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा कानुनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)काे आयाेजनामा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा कानुनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते  वीरेन्द्रनगर सम्पन्न भएकाे छ ।
कर्णाली प्रदेश सभाकी सदस्य एवम अर्थ तथा प्राकृतिक स्रोत समिति सदस्य विजया बुढाले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा कानुनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उक्त विधेयक अति आवश्यक रहेको बताउनुभयो । विधेयक सम्बन्धित मन्त्रालयबाट प्रदेश सभामा टेबुल भएपछि पास गर्नका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अरुको अधिकारका लागि वहस र पैरवी गर्ने मानव अधिकार रक्षकका लागि उक्त विधेयकले थप सहयोग पुर्याउने बताउनुभयो ।

त्यस्तै नेपाल बारका केन्द्रीय उपाध्यक्ष उक्तम आचार्यले यो विधेयकले मानव अधिकार रक्षकको क्षेत्रमा का मगर्ने कानुन व्यवसायी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतका व्यक्तिहरुको हक अधिकार र सुरक्षालाई प्रत्याभूति गरेकोले यसलाई छिटोभन्दा छिटो संसदबाट पास गराउनुपर्ने बताउनुभयो ।

बारका सुर्खेत जिल्ला सचिव खगेन्द्र खनालले विधेयकको ड्राफ्टमा सबै क्षेत्रबाट मानव अधिकार रक्षकको रुपमा काम गर्नेहरुलाई समेटिएको बताउनुभयो । त्यस्तै अधिवक्ता मातृकाप्रसाद खनालले ड्राफ्टमा केही गाइडलाइन्सहरु थपघट गर्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै अर्का अधिवक्ता इमान सिंह सुनारले मानव अधिकार रक्षकको संरक्षण र सुरक्षा दिने दायित्व तीनै तहका सरकारको भएको हुँदा विधेयक पास गर्नमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा बनेको विधेयकको ड्राफ्ट प्रस्तुतिकरण मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले गर्नुभएको थियो ।
उहाँले अर्काको निम्ती काम गर्ने मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा यो विधेयकले कोसे ढंगा सावित गर्ने बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीले कार्यक्तमको उद्देश्यमाथि प्रकाश पार्दै मानव अधिकार रक्षकका लागि छुट्टै कानुनको आवश्यक महशुस गरेर सरकारसँग समन्वय गरी इन्सेकले उक्त विधेयकको ड्राफ्ट तयार गरेको बताउनुभयो । उहाँले विधेयकमा मानव अधिकार रक्षकको विषयमा विभिन्न व्यवस्थाहरु भएकोले यो सरकारका लागि पनि उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पत्रकार, कानुन व्यवसायी र सरोकारवाहरु गरी ३२ जनाकाे उपस्थिति रहेको थियो भने कार्यक्रमकाे सञ्चालन अधिकार–२ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले गर्नुभएकाे थियाे ।

Photo20231109Surkhet (6)

 

Photo20231109Surkhet (8) Photo20231109Surkhet (9)

Photo20231109Surkhet (11) Photo20231109Surkhet (12) Photo20231109Surkhet (13) Photo20231109Surkhet (14) Photo20231109Surkhet (2) Photo20231109Surkhet (3) Photo20231109Surkhet (5)

अन्य

भिडियो