INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार निगरानी समूहद्वारा मतदाता शिक्षा कार्यक्रम

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत मानव अधिकार निगरानी समूह बेलादेवीपुरले असार ९ गते गोदावरी नपा-९ सेहरीमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

Photo20170624Kailali

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार निगरानी समूहले सेहरी गाँउमा मतदाता शिक्षा दिनु पूर्व नमुना मतदान कार्यक्रम गरेको थियो । जसमा ५० प्रतिशत मत बदर भएको निर्वाचन आयोगले खटाइएका निर्वाचन मतदाता शिक्षिका ईश्वरी राना र रञ्जना शाहले बताए । उनीहरूले मतदाताले प्राय एउटै कोलम तथा एउटै पदमा मात्रै छाप लगाएको बताए ।

नमुना मतदान कार्यक्रममा १२ जना महिला र ८ जना पुरूष गरी जम्मा २० जना सहभागी भएका थिए । नमुना मतदान कार्यक्रमपछि त्यसलाई सुधार गर्न मतदाता शिक्षासम्बन्धी डकुमेन्ट्री देखाइएको थियो ।

सबै मतदाताको मत अमुल्य रहेकोले आआफ्नो मत बदर हुन नदिनको लागि मतदाता शिक्षा अति आवश्यक रहेको इन्सेक क्षेत्रीय कार्यालयका फोकल पर्सन राजकुमार चौधरीले बताए । उनले कसैको करकाप या धम्कीमा नआई स्वतन्त्र रूपमा आफूलाई मन परेको उम्मेदवारलाई मत दिन आग्रह गरेका थिए ।

मनाव अधिकार निगरानी समूहका अध्यक्ष चेतराज रानाले मतदाता शिक्षा गाँउघरमा प्रभावकारी रूपमा दिन नसकेको भन्दै मतदाता परिचय पत्र बाँड्ने क्रममा पनि सबैलाई पुनः मतदाता शिक्षा दिन आवश्यक रहेको र आफ्नो वडामा दिन लगाउने बताएका थिए ।

रविना चौधरी

अन्य

भिडियो