INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम कात्तिक १९ गते विरेन्द्रनगरमा सम्पन्न भएको छ ।

मानव अधिकार उल्लङ्घनका तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले कर्णाली प्रदेशका दश वटै जिल्लाका इन्सेक प्रतिनिधिहरूको उपस्थितीमा उक्त तालिम सम्पन्न भएको हो ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले तथ्याङ्कलाई चुस्त र व्यवस्थित गर्न जिल्ला प्रतिनिधिहरू क्रियाशिल हुनुपर्ने बताउनु भयो ।

SKT 2020.5.11

कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्य तथ्यमा आधारित हुनु पर्ने बताउनुभयो । साथै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने सम्पूर्ण घटनाहरूलाई विश्वशनिय र तथ्यपूर्ण बनाउन इन्सेकले नयाँ सफ्टवयर निर्माण गरी कार्यान्वयनमा ल्याएको कार्यकारी निर्देशक गौतमको भनाई थियो ।

यस्तै कार्यक्रममा मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले मानव अधिकार अभिलेखीकरणलाई प्रविधियुक्त बनाउन र जिल्ला प्रतिनिधिहरूको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रलेख अधिकृत टीका बिष्टले गर्नुभएको थियो । Skt 20200511 1

अन्य

भिडियो