INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा इन्सेक जिल्ला प्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनमा पुस २१ गते सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिसँग मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक अभियानमा मानव अधिकारको संरक्षण गर्न अभिलेखिकरण महत्वपूर्ण हुने भएकाले जिल्ला प्रतिनिधीहरुले सूचना सङ्कलन गरी अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक अनलाइनका सम्पादक समेश तिमिल्सिनाले जिल्ला प्रतिनिधिहरुले इन्सेक अनलाइन निर्देशिका अध्ययन गरी घटना प्रधान समाचारसँगै आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारसँग सम्बन्धीत समाचार लेखनमा ध्यान दिन आवश्यक भएको बताउनु भयो ।

मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठीले नेपाल  मानव  अधिकार वर्ष पुस्तकका  आवश्यक पर्ने सूचनाहरु नेपाल मानव अधिकार वर्ष पुस्तक फरम्याटमा समयमै पठाउन आग्रह गर्नु भयो ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले जिल्लाको मानव अधिकार अवस्था, काम गर्दा आइपरेका समस्या तथा चुनौतीको बारेमा संक्षिप्तमा प्रस्तुत गरेका थिए ।

photo20220105kailali (1)

photo20220105kailali

 

अन्य

भिडियो