INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घनका घटनाहरूको उजागर गर्नुपर्नेमा सहभागीहरूको जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा सञ्चालन गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई उजागर गनुपर्ने सहभागीहरूले बताए ।

photo20190625lamjung (1)

मानव अधिकार हनन् हुने भनेको प्रहरी र प्रसाशनमा मात्रै नभइ सार्वजनिक सेवा प्रवाहसँग जोडिएका सबै सङ्घसंस्थाहरूमा हुने छलफलको क्रममा आएको छ ।

‘मानव अधिकारका घटनाहरू सुनेका धेरै हुन्छन् तर न्यायिक प्रक्रियामा कम मात्र घटनाहरू दर्ता भएका हुन्छन् भन्ने सुनिन्छ । यस्तो हुनुहुँदैन ।’-बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले भने ।

photo20190625lamjung (2)

उनले भने-‘सार्वजनिक रूपमा पत्नीलाई कुटपिट गरिरहेको हुन्छ । देख्नेहरूले घरायसी मामला भनेर बेवास्ता गरेको पाइन्छ । यस्ता घटनाहरू देख्नेले न्यायिक समितिसम्म ल्याउन पहल गर्न जरूरी छ ।’

नेकपका प्रतिनिधि राजकुमार विष्टले समुदायमा लुकेर रहेका मानव अधिकारसँग सम्बन्धित घटनाहरूले राज्यको कार्यन्वयनको संयन्त्रलाई नै चुनौती दिएको बताए ।

photo20190625lamjung (3)

उनका अनुसार मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना घटाउनेहरू कानुनी संरक्षणमा नै रहेका हुन सक्छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मानव अधिकारका घटनाहरू न्यूनीकरण गर्न आफू संस्थागत एवम् व्यक्तिगतरूपमा सचेत रहेको बताए ।

नेपा पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आश गुरूङले नगरपालिका र गाउँपालिकास्थित न्यायिक समितिले क्षेत्रधिकार बाहिर गएर घटनाहरूको मेलमिलाप गर्ने गरेको आरोप लगाए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले नागरिक तथा राजनीतिक अधिकार उल्लङ्घनका तीन ओटा, बालविवाहका दुई ओटा, बलात्कार र बलात्कार प्रयासका सात ओटा, जातीय विभेदका दुई ओटा र घरेलु हिंसाका २२ ओटा घटनाहरूको विवरण प्रस्तुत गरेका थिए ।

दलबहादुर मजाकोटी

अन्य

भिडियो