INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम पुस २३ गते सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक संयोजक नारायण सुवेदीले मानव अधिकार उलङ्घनका  पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँचको अवस्था बारे गहन छलफल हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो पीडितलाई कानुनी प्रक्रिया र न्यायको पहुचमा ल्याउनका लागि इन्सेकले सहयोग गर्दै आएको छ ।

अन्तरक्रिया कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठी र रमेशप्रसाद तिमल्सिनासहित कर्णाली प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
Photo20230109Surkhet (1)

अन्य

भिडियो