INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय, लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहको आयोजना तथा लालझाडी गाउँपालिका वडा नम्बर ५ कार्यालयको आर्थिक सहयोगमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम ०८३ जेठ १९ गते लालझाडी गाउँपालिका वडा नम्बर ५ देखतभुुलीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको आधारभुत आवश्यकता, शिक्षा, स्वास्थ्य, खाद्य, आवाससँगै बदलिदो परिस्थितिमा स्वच्छ वातावरण र व्यवसाय पनि मानव अधिकारका लागि अपरिहार्य भइसकेकोले स्वच्छ वातावरण र व्यवसाय प्रति पनि नागरिक र सरोकारवाला निकायहरु सचेत हुन आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार संरक्षणका लागि स्थानीय तहमा मानव अधिकार समूह गठन गरी सोही समूह मार्फत नागरिकलाई सचेत पार्दै स्थानीय सरकारलाई खबरदारी र जवाफदेही बनाउने काम भइरहेको समेत उहाँले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मानबहादुर कार्कीले राज्यले नेपालको संविधानको मौलिक हकमा उल्लेख गरेका अधिकारको कार्यान्वयन नगरेको खण्डमा राष्ट्रिय मानव अधिकार आयोगले नगरिकको मानव अधिकार संरक्षण र सम्बर्धनका लागि मौलिक हक कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायलाई सिफारिस गरी मानव अधिकार प्रवद्र्धन गर्दै आइरहेको बताउनु भयो ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले इन्सेकको समन्वयमा गठन भएको पालिकास्तरीय मानव अधिकार समूहले नागरिकलाई सचेत गर्ने र स्थानीय सरकारलाई खबरदारी तथा जवाफदेही बनाउनुका साथै महिला हिंसा, जातीय विभेद लगायतका समाजिक कुरीतिका विरुद्ध सचेतनामूलक कार्य गर्दै आइरहेको बताउनु भयो ।

०७९ सालमा मानव अधिकार समूह पालिकामा दर्ता भई संस्थागत रुपमा पालिकाको नीति तथा कार्यक्रम अनुरुप मानव अधिकार संरक्षण र संम्बर्धन कार्य गरी रहेको हुँदा पालिकाबाट उक्त शिर्षकमा वजेट विनियोजन गरी कार्याक्रम गर्न अनुमती दिइएको उहाँले बताउनु भयो ।

लालझाडी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पहलबहादुर थापाले मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य र लैङ्गिक हिंसा, बालविवहा तथा लागुपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेकाले पालिका र वडाकार्यालयले निरन्तर समन्वय तथा सहयोग रहदै आएको बताउनु भयो ।

लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष सोमनाथ रानाले मानव अधिकारको क्षेत्रमा काम गर्ने अग्रणी संस्थाको रुपमा काम गर्दै आइरहेको इन्सेकले नागरिकलाई सचेत बनाउने र स्थानीय सरकारलाई खबरदारी र जवाफदेही बनाउन मार्ग दर्शन गरेकोमा निरन्तर समन्वय र सहयोग गर्ने स्थानीय सरकार र इन्सेकलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो