INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि मानव अधिकारमूखी विकास अवधारणा विषयक दुई दिने तालिम साउन २८ गते धनगढीमा सम्पन्न गरिएको छ ।

Photo20180814Kailali (2)

इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहका जनप्रधिनिधिहरूले कानुन तथा नीति नियम बनाउँदा मानव अधिकारमैत्री बनाउन आवश्यक रहेको बताए ।

उनले दुई दिनको अवधिमा मानव अधिकारको परिभाषा तथा विकासक्रम, स्थानीय कानुन र मानव अधिकार, मानव अधिकारमैत्री विकास अवधारणा, स्थानीय सरकार सञ्चालनमा सुशासन तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य तथा खाद्यअधिकारसम्बन्धी स्थानीय सवाल तथा स्थानीय तहको कार्यक्रम र स्थानीय तहले प्रदान गर्ने सेवा सुविधाको सहज वितरणको लागि जनप्रतिनिधि र निगरानी समूहको भूमिकाको विषयमा तालिम दिइएको बताए ।

तालिममा छलफल गरिएका सबै विषयवस्तु जनप्रतिनिधिका लागि अति महत्वपुर्ण विषय रहेको बताउँदै गोदावरी नपा-११ का वडा अध्यक्ष शिव बिकले यस तालिमबाट सधैँ नागरिकको हितका लागि काम गर्ने प्रेरणा मिलेको बताए ।

Photo20180814Kailali (2)

उनले जनप्रतिनिधि तथा सेवा प्रदायक र सेवाग्राही बीचको सम्बन्ध सरल र सहज बनाउनु पर्नेमा जोड दिँदै यस कार्यमा निगरानी समूहले सहयोग गर्दै आएको बताए ।

तालिममा सहभागी धनगढी उमनपा-११ का वडा अध्यक्ष गङ्गाराम रानाले मानव अधिकारमैत्री वडा बनाउन यस तालिमले धेरै सहयोग पुग्ने बताए ।

उनले मानव अधिकार र सुशासनको बारेमा तालिमबाट धेरै जानकारी पाएको बताउँदै आफ्नो वडालाई मानव अधिकारमैत्री बनाउन भौतिक विकाससँगै मानव अधिकारमूखी विकास गर्ने प्रतिबद्धता जनाए ।

रविना चौधरी

अन्य

भिडियो