INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको अवस्थाका बारेमा मुख्यमन्त्रीसँग छलफल तथा मानव अधिकार वर्ष पुस्तक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीको नेत्तुत्वको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तिरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीलाई ०८१ चैत २१ गते भेटघाट गरी सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ हस्तान्तरण गरेको छ ।

photo20250403kailali(6)

मुख्यमन्त्रीसँगको भेटमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक जोशीले विगतको तुलनमा मानव अधिकार उल्लङ्घनका घटनाहरुमा कमी आएको भए पनि आर्थिक, समाजिक तथा सास्कृतिक अधिकार सवालहरुमा सुधार आउन नसकेको र प्रदेश सरकारले पनि मौलिक हकको कार्यान्वयनमा ऐन तथा कानुनहरु निर्माण गरी नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा विषेश काम गर्न आग्रह गर्नु भयो ।

Photo20250403Kailali (1)

सोही क्रममा इन्सेकले प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ मा समेटिएका मानव अधिकारका सवालहरुका बारेमा प्रदेश संयोजक जोशीले जानकारी गराउँदै मुख्यमन्त्री शाहलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ हस्तान्त्रण गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ग्रहण गर्दै अहिलेको अवस्थामा राजनीतिक रुपमा केही समस्या देखिए पनि संवैधानिक रुपमा व्यवस्था गरिएका नागरिकका आधारभुत मानव अधिकार तथा मौलिक अधिकारहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रयत्न भइरहेको बताउनु भयो ।

Photo20250403Kailali (2)

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले इन्सेकले मानव अधिकार रक्षकहरुको सुरक्षा सम्बन्धी पेश गरेको मस्यौदा विधेयक प्रदेश सभामा छलफल गराउने र मानव अधिकारको संरक्षण, सम्बर्धन  र परिपुर्तिका लागि आफ्नो मन्त्रालय प्रतिबद्धता रहेको बताउनु भयो ।

Photo20250403Kailali (5)

मुख्यमन्त्री शाह र आन्तरिक कानुनमन्त्री सार्कीसँगको भेटघाट तथा छलफल कार्यक्रममा इन्सेकका प्रदेश संयोजक सहित प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माको सहभागिता रहेको थियो ।

अन्य

भिडियो