INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका सवालमा सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा मानव अधिकार रक्षक सञ्जाल तथा सरोकारवालासँग समन्वयात्मक बैठक असार १७ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले कोभिड—१९ महामारीका बेला संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका कामको मानव अधिकार रक्षक सञ्जाल, पत्रकार, नागरिक समाजले सयुक्त रुपमा अनुगमन गरी खबरदारी गर्नु पर्ने बताउँदै प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट, काम, कर्तव्य र भुमिका विषयमा प्रदेश सरकारका मन्त्री र सचिव स्तरीय संयुक्त छलफल गर्नु पर्ने बताउनु भयो ।

चिकित्सक संघ सुदूरपश्चिम प्रदेश संयोजक डाक्टर प्रदिप मिश्रले कोभिड—१९ महामारीमा राज्यले अस्पतालहरुमा उपकरण र अक्सीजनको व्यवस्थापन गरेको भएपनि दक्ष जनशक्तिको व्यवस्थापन गर्न नसक्दा बिरामीहरुले उपचार नपाएर ज्यान गुमाउनु परेको बताउँदै आगामी दिनमा सरकारले दक्ष जनशक्ति तथा उपकरण उपलब्ध गराएर स्वास्थ्यकर्मीहरुको सिप र क्षमता अभिबृद्धिका तालिमहरु सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आायोग प्रदेश कार्यायल, धनगढीका प्रमुख मोहनदेव जोशीले संविधानमा मौलिक हकका रुपमा ग्यारेण्टी गरिएका अधिकारहरुको जस्तोसुकै अवस्थामा पनि राज्यले परिपुर्ति गर्नु पर्ने बताउनु भयो ।

उपभोक्ता हित संरक्षण समितिका केन्द्रिय उपाध्यक्ष धनपति ढुङ्गेलले कोभिड—१९ महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको निषेध आदेशका क्रममा दैनिक ज्याला मजदुरी गर्ने वर्गको रोजगारी गुमेको अवस्थामा सरकारका कुनै पनि निकायले राहत वितरण नगर्दा आर्थिक अवस्था कमजोर भएका ज्यालामजदुरी गरेर खाने परिवार भोकभोकै बस्नु परेको बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश संयोजक देवि खनालले कोभिड—१९ महामारीमा मानव अधिकार रक्षक सञ्जाल, पत्रकार, नागरिक समाजले सयुक्त रुपमा अनुगमन गरी राज्यको ध्यानकर्षण गर्नु पर्ने बताउनु भयो ।

photo20210701kaiali (2)

photo20210701kaiali (1)

अन्य

भिडियो