INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवलाई बाँँच्नका लागि वन आवश्यक छ: प्रमुख भण्डारी

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारीले मानवलाई बाँच्नका लागि वन आवश्यक भएको बताउनु भएको छ ।

फागुन २१ गते पञ्चपुरी नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत इन्सेक कर्णाली प्रदेशको आयोजना, पञ्चपुरी मानव अधिकार समूह र डिभिजन वन कार्यालय भेरी बाबियाचौरको समन्वयमा स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशालामा उहाँले वन डढेलोका कारण प्रत्यक्ष रूपमा मानव जीवनमा असर पर्ने हुँदा हरेक नागरिक स्वच्छ वातावरणमा बाँच्न पाउने हुने र वन संरक्षणका लागि कानुनमा कडाइ भए पनि वन संरक्षण गर्न नसकेको औँल्याउनुभयो ।

Photo06032025Surkhet1

उहाँले भन्नुभयो – ‘वन संरक्षण नहुँदा पानीका मुहानहरू सुक्दै जानु, वर्षामा समस्या भोगिरहनु परेको छ । वन संरक्षण गर्नु सबैको दायित्व रहेको र अब तत्काल रूपमा पालिकाले पनि वातावरण संरक्षणको विषयमा वनसँग समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।’ यस्तै कार्यक्रमा बोल्दै कर्णाली प्रदेश मानव अधिकार समुह संयोजक इन्द्रा विसीले वन भन्ने बित्तिकै वातावरणसँग जोडिने कुरा हो वातावरण मानव स्वास्थ्यसँग जोडिने कुरा भएकोले मानव अधिकारको सवालमा वातावरण संरक्षण गर्नु भनेकै मानव अधिकारको संरक्षण भएको बताउनु भयो । ‘ वन तथा वातावरण संरक्षण गर्नु सबैको दायित्व र कर्तब्य हो । नागरिकलाई योसम्बन्धी सचेत पार्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

Photo06032025Surkhet2

कार्यक्रमको खुल्ला छलफलमा बोल्दै पञ्चपुरी नगरपालिकाका कृषि शाखा प्रमुखले वातावरण संरक्षणको सवालमा सबै नागरिक सचेत रहनुपर्ने र जनचेतनामुलक काम गर्नुपर्ने बताउनु भयो । पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समुहका संयोजक अमर कार्कीले पञ्चपुरी बर्खामा अधिकरुपमा वनमा डढेलो लाग्ने हुँदा त्यसले वन विनाससँगै मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पार्ने बताउनु भयो । समयमै यसको नियन्त्रण आवश्यक रहेको बताउँदै यसको जिम्मेवार निकाय स्थानीय तह, सवडिभिजन वन कार्यालय, वन उपभोक्ता समिति र डिभिजन वन कार्यालय रहेको बताउनु भयो ।

वातावरण अधिकार सम्बन्धी कार्यशालामा वातावरणसँंग वन किन ? जोडिएको हुन्छ ? वन संरक्षणले वातावरणलाई कसरी सहयोग गर्छ ? कानुनी प्रावधान के छ ? भन्ने विषयमा डिभिजन वन कार्यलय भेरीका वरिष्ठ वन अधिकृत शेरबहादुर रोकायाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन इन्सेक कर्णाली प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत ललिता बिकले कार्यक्रम संचालनसंगै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यशाला कार्यक्रममा पञ्चपुरी मानव अधिकार समुहका समितिहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख, महिला विकास शाखा प्रमुख, कृषि शाखा प्रमुख, विपद् व्यवस्थापन शाखा प्रमुख र बाल अधिकार समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Photo06032025Surkhet

अन्य

भिडियो