INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार समूहद्वारा नगरपालिकामा मानवअधिकार प्रवर्द्धन कार्यक्रम समावेश गर्न प्रस्तावना पेश

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा मानवअधिकार प्रवर्द्धन कार्यक्रमलाई समावेश गर्नका लागि बजेट सहितको प्रस्तावना पेश गरेको छ ।

मध्यबिन्दु मानवअधिकार समूहका अध्यक्ष रामप्रसाद भट्टराई र सदस्य सुनिता रामदामले नगर प्रमुख भिमलाल अधिकारी समक्ष २०८१ असार ५ गते प्रस्तावना पेश गर्नुभएको हो ।

मानवअधिकार समूहले मानवअधिकार प्रवर्द्धन कार्यक्रमका लागि ५ लाख बजेट माग सहितको प्रस्तावना पेश गरेको छ ।

नगर प्रमुख भिमलाल अधिकारीले मानवअधिकार प्रवर्द्धनको लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ त्यसलाई समेट्न आँफु सकारात्मक रहेको बताउनुभएको छ ।

photo2 081-3-7 nawalpur

photo1 081-3-7 nawalpur

अन्य

भिडियो