INSEC Online

📅 २०८३ जेष्ठ २१

मन्त्री अग्रवालद्वारा ‘मानव अधिकार सूचना तथा स्रोत केन्द्र’ को अनुगमन

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले जानकी गाउँपालिका–३ मा निर्माण गरेको ‘मानव अधिकार सूचना तथा स्रोत केन्द्र’ भवनको ०८१ पुस ४ गते अनुगमन गर्नुभएको छ ।

Photo19122024Banke.

मानव अधिकार सूचना तथा स्रोत केन्द्र भवनको अनुगमन गर्दै कानुन मन्त्री अग्रवालले मानव अधिकारको संवर्द्धन, संरक्षण र परिपूर्ति गर्न आफूहरू लागि परेको बताउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्रलाई प्रभावकारी बनाउन थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गरिरहेका व्यक्ति र संस्थाहरूलाई सहयोग र स्रोतहरू उपलब्ध गराउने उद्देश्यले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको निर्माण गरिएको मन्त्री अग्रवाललाई जानकारी गराउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्र मानव अधिकार रक्षकका लागि अनलाइन प्लेटफर्मका साथै अनुसन्धान गर्न, प्रशिक्षण सामग्री प्राप्त गर्न, केस स्टडी र अन्य सान्दर्भिक जानकारीहरू प्राप्त गर्न उपयोगी हुने उल्लेख गर्नुभयो ।

त्यस्तै संयोजक महतले मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्यायोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोले यसको प्रभावकारिताका लागि लुम्बिनी प्रदेश सरकारले काम गर्न आवश्यक भएको बताउनु भयो ।

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रक्रियामा रहेको र मानव अधिकारको संरक्षण र संवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री अग्रवालको भनाइ छ । उक्त अनुगमनको क्रममा मानव अधिकार पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, मानव अधिकार विश्वव्यापी घोषणा पत्र अनुरुप, संवैधानिक तथा नीतिगत व्यवस्था, कार्ययोजनाको उद्देश्य, तहगत सरकारले गर्नु पर्ने काम कर्तब्य र गठन प्रक्रियाको बारेमा समेत छलफल भएको थियो ।

Photo19122024Banke,

अन्य

भिडियो