INSEC Online

📅 २०८३ जेष्ठ २१

मध्यविन्दुमा बाल अधिकार समुहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मध्यविन्दु नगरपालिका–९ को श्री नेपाल लोकसेवा माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।

इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समुहलाई कोष रकम सहयोग गरेको इन्सके जिल्ला सहजकर्ता राजु चापागाईंले बताउनुभयो ।

कोष हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले इन्सेकले दिएको रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने बताउनुभयो । उहाँले प्राप्त सहयोगको सहि सदुपयोग र सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । कोषबाट समुहले वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समुहका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।

मानवअधिकार समूह मध्यविन्दु नगरपालिकाका अध्यक्ष भुपलाल अर्यालले इन्सेकले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता बिकासका कार्य सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

335378334_1318807575633328_945831587682178252_n335123475_152847950985000_1513127788173611430_n335396570_761279782200123_2088763180765551153_n

अन्य

भिडियो