INSEC Online

📅 २०८३ जेष्ठ २१

मध्यबिन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला

मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । इन्सेक, जागृति बाल तथा युवा सरोकार नेपाल, ज्ञानोदय मावि तथा मध्यविन्दु नगरपालिकाको आयोजनामा सोमबार मध्यविन्दु १५ मा रहेको ज्ञानोदय माविमा कार्यशाला सम्पन्न गरिएको हो ।

photo20250131nawalpur

वातावरण संरक्षण गर्न सबै पक्ष मिलेर लाग्न आवश्यक रहेकाले वातावरणको अधिकारसम्बन्धी जानकारी प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको इन्सेक जिल्ला सहजकर्ता राजु चापागाईले बताउनु भयो । मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहद्वारा स्थानीयतहसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, वातावरण तथा जातिय विभेदसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै वातावरण र मानव अधिकारको रक्षाका लागि काम गरिरहेको उहाँले बताउनु भयो ।

कार्यशालामा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले वातावरण संरक्षण र अधिकारसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । विद्यालयलाई वातावरणमैत्री बनाउन सरोकारवालाले खेल्नुपर्ने भुमिकाको बारेमा जानकारी गराउँदै उहाँले समुदायमा सरसफाई र सचेतनाको अभियान विद्यालयबाट सुरु गर्नुपर्ने बताउनुभएको थियो । विद्यालय र समुदाया वातावरणका अधिकार क्षेत्रमा गर्नुपर्ने कार्यको बारेमा समेत सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यपालिका सदस्य कृष्णप्रसाद बिकले वातावरण संरक्षणका लागि सबै पक्ष सक्रिय भई सचेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । घर, समुदायबाट नै फोहरमैलाको उचित व्यवस्थापन गर्दै सरसफाईमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बिकले बताउनु भयो ।

अन्य

भिडियो