INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेशस्तरीय मानव अधिकार समूहद्वारा ध्यानाकर्षण पत्र

Photo 20250106 Dhanusha (4)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मधेस प्रदेशस्तरीय मानव अधिकार समूहले २०८१ पुस २२ गते शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मधेस प्रदेशस्तरीय मानव अधिकार समूहका सदस्य तथा पदाधिकारीहरू पुस २२ गते  जनकपुरधामस्थित इन्सेकको कार्यालयमा बैठक बसी सप्तरीको शम्भुनाथ नगरपालिका र धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालकामा देखिएका समस्याहरू पहिचान गरी सो समस्याहरूकाे न्यूनीकरण तथा समाधानका लागि मधेस प्रदेशस्तरीय मानव अधिकार समूहले शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

Photo 20250106 Dhanusha (2)

ध्यानाकर्षण पत्रमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा नंं. ६ कठौना स्थित श्री जनता आधारभूत विद्यालयमा बालविकास देखि ७ कक्षा सम्म सञ्चालनमा रहेपनि उक्त विद्यालयमा एउटै कोठमा दुई ओठा कक्षा सञ्चालनमा हुँदा पठन पाठनमा समस्या भइरहेको, उक्त विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको, खानेपानीको समस्या रहेको र कम्प्युटर, अंग्रेजी, विज्ञान, गणित शिक्षक नहुँदा गुणस्तरीय शिक्षा हुन नसकेको मधेस प्रदेश मानव अधिकार समूहले गरेको अनुगमनका क्रममा पाइएको उल्लेख छ ।

धनुषा जिल्ला बटेश्वर गाउँपालिका वडा नं. ३ कटानी टोलस्थित श्री बौद्ध मन्दिर राष्ट्यि प्राथमिक विद्यालयमा भवनको अभाव, शौचालयको अभाव, छात्रछात्राले खेल्न पाउने चौरीको अभाव, शिक्षकको अभाव र ल्यापटपको अभाव रहेको पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, धनुषा जिल्ला मिथिला नगरपालिकामा बाल श्रमको समस्या बढेर गएको, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिका तथा सप्तरी जिल्लाको शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकाका बालबालिकाहरु लागुऔषध दुर्व्यसनीमा लागेका कारण बालबालिकाहरू विद्यायल जान छाड्ने संख्या पनि बढेर गएको अवस्था बारे ध्यानाकर्षण पत्रमा छ ।

जंगली जनारहरु ः निलगाइँ, बादर र बँदेलले बालीनाली नष्ट गरी कृषि क्षेत्रमा प्रभाव पारिरहेको र स्थानीय कृषकहरू मारमा परिरहेको हुँदा तत्काल सकारले यसमा ध्यान दिनु आवश्यक रहेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

गुणस्तरीय शिक्षाका लागि आवश्यक भवनहरू र विषयगत शिक्षकहरू तत्काल मधेस प्रदेश सरकारले परिपुर्ति गर्नु पर्ने आवश्यक्ता देखिएकोले सोको लागि अनुरोध गर्दै बालबालिकालाई संविधा र कानुनले व्यवस्था गरेअनुसार बालबालिकाको अनिर्वाय शिक्षा र दुर्व्यसनीको न्युनिकरणका लागि सचेतनाका अभियानहरू स्थानीय स्तरमा लैजान मधेस प्रदेश सरकारसँग मधेस प्रदेश स्तरीय मानव अधिकार समूहका पदाधिकारीहरू ध्यानाकर्षण पत्र मार्फत अनुरोध गर्नुभयो ।

ध्यानाकर्षण पत्र इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहनकुमार चौधरी, इन्सेक सप्तरी सहजकर्ता अजय परियार, मानव अधिकार समूह, मधेस प्रदेश अध्यक्ष देवीमाया भट्टराई, उपाध्यक्ष हरिनायारण दास, सदस्यहरू मो. मुसा अन्सारी, सन्तोष चौधरी, विणा सिंह सदस्य, सुनिता लोहनी र प्रमोद बुढाथोकीलगायतले बुझाउनु भएको थियो ।

Photo 20250106 Dhanusha (5)

अन्य

भिडियो