INSEC Online

📅 २०८३ जेष्ठ २१

बिष्णुपुर गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णपुर गाउँपालिकाको समन्वयमा मङ्सिर ५ गते विष्णुपुर गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच १३ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत उमाकान्त साहको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

समूहको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: ममताकुमारी यादव, अमरप्रसाद यादव र फुलेश्वरी यादव चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरूमा सुक्रिताकुमारी यादव, रामकुमारी यादव, कारी पासवान, रामकली महरा, सीतादेवी महरा, जगविर साफी, बबिता मिश्र, शोभाकुमारी महतो र रामपरी पासवान चयन हुनु भएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरहुलादेवी सिंहले गाउँपालिकामा गठित मानव अधिकार समूहले यस गाउँपालिकामा रहेको शिक्षा, स्वास्थ्य, खाध अधिकारका सवालहरूमा स्थानीय जनताहरूलाई सचेत पार्न सफल हुने विश्वास व्यक्त गर्दै अधिकार प्राप्तिका लागि परियोजना र समूहलाई आफ्नो र गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले इन्सेकले मानव अधिकार उललङ्घनका घटनाहरूको अभिलेखन कार्य मात्र नगरी मानव अधिकार प्राप्तिकोे लागि सचेतनाका साथै बहस पैरवीको पनि काम गरिरहेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको सवालमा यस परियोजनाले गाउँपालिकासँग समन्वय गरी मानव अधिकारको प्रत्याभूति गराउन महत्वपुर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।

नवगठित समूहका अध्यक्ष उमाकान्त साहले सबैको सहयोगमा अधिकार प्राप्तिका लागि सकृय भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

photo20191122siraha (1)

photo20191122siraha (2)

photo20191122siraha (3)

photo20191122siraha (4)

photo20191122siraha (5)

photo20191122siraha (6)

photo20191122siraha (7)

photo20191122siraha (8)

अन्य

भिडियो