लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२ गते बटेश्वरमा जनचेतनामुलक नाटक मञ्चन गरिएको छ ।
यसलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले श्री शिवशक्ति माध्यमिक विद्यालय बटेश्वर गापा–४ मा गठन गरेको बाल अधिकार सचेतना समुहले प्रस्तुत गर्नुभएको छ ।
“मधेसको व्यथा” नाम दिएको नाटकमा महिला सशक्तिकरण, बालविवाह र दाईजो प्रथा विरुद्ध नाटकीय रुपमा मञ्चन गरिएको नाटकका लेखक विद्यार्थी राजु कुमार महतोले बताउनुभयो ।
नाटक समय सान्दर्भिक र रमाइलो थियो ।
बटेश्वर गापा–४ का वडाध्यक्ष निरज कार्कीको विशेष उपस्थितीमा नाटक मञ्चन गरिएको थियो । कार्यक्रममा विधालयका प्राचार्य प्रमोदशरण केवट, इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजय साह, धनुषा जिल्ला सहजकर्ता अनिता कुमारी यादव, शिक्षकलगायत बाल क्लबका पदाधिकारी, सदस्य तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको समन्वय,