INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूह पुनर्गठन तथा कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजना  र श्री प्रगतिशील सूर्यज्योती बाल अधिकार समूहको समन्वयमा  बराहताल गाउँपालिका – ७ स्थित श्री सूर्यज्योति माध्यामिक विद्यालयमा पुस २ गते बाल अधिकार समूहको पुर्नगठन तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । जनज्योति माध्यामिक विद्यालयमका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूको भेलाले समूहका अध्यक्ष ओमप्रकाश घर्ती मगरको अध्यक्षता र यस विद्यालयका प्रधानाध्यापक केशरबहादुर गौतमको प्रमुख आतिथ्यतामा  १३ सदस्यीय बाल अधिकार  समूह पुर्नगठन गरिएको हो ।

जसको अध्यक्षमा सम्झना सुनार, उपाध्यक्षमा जीवन विक , सचिवमा विनोद विक,  सहसचिवमा हिमा बिक   र कोषाध्यक्षमा मनिषा गाहा मगर  चयन हुनुभएको हो । यसैगरी सदस्यहरूमा  ओम प्रकाश घर्ती मगर, संगीता रोकाय, याममाया विक, चन्द्र गरजा मगर, झरना बिक, लक्ष्मी खड्का, पुष्पा थापा र रमेश बिक रहेका छन  । कार्यक्रममा विद्यालय प्रधानाध्यपाक केशरबहादुर गौतमले विद्यालयमा बाल अधिकार समूह गठन गर्दा विद्यालयसँगै स्थानीय पनि प्रभावित भएको बताउनुभयो ।  बाल अधिकार समूहले गत वर्ष गरेको जनचेतना मुलक सडक नाटकदेखि धेरै अभिभावक प्रभावित हुनुभएको छ ।
यस्तै गतिविधिले गर्दा मानव अधिकार सुनिश्चित हुने अपेक्षा रहेको पनि बताउनुभयो । नयाँ गठन गरिएको समूहले स्कूलस्तरदेखि समाजसम्म राम्रो काम गर्ने र   नयाँ आउने कार्यसमितिलाई कार्यकालको शुभकामना व्यक्त गर्दै समूहले गर्ने कामलाई सहयोग गर्ने  प्रतिबद्धता जनाउनुभयो ।

नयाँ गठन गरिएको बाल अधिकारले समूह यो वर्षमा गरिने गतिविधि कार्ययोजना बनाएको छ ।  पुस महिनामा हाजिर जवाफ प्रतियोगिता, माघ महिनामा बाल अधिकार सम्बन्धी लोक गीत  र नृत्य प्रतियोगिता फाल्गुनमा चित्रकला चैत्रमा कविता वाचन, जेठमा सडक नाटक असारमा वृक्षरोपण, भदौमा तीज विशेष कार्यक्रम र असोजमा सडक नाटक प्रदर्शन गर्नेगरी कार्ययोजना बैठक सप्नन्न गरिएको हो ।
कार्यक्रमको सहजीकरण गर्दै इन्सेक सुर्खेत सहजकर्ता ललिता विकले इन्सेकको इएलपी परियोजनाले गर्ने काम, कर्तव्य र उद्देश्य बारे प्रकाश पार्नुभएको थियो ।

साथै बाल अधिकार समूह परिचालन कोष विद्यालयका प्रधानाध्यपाक केशर बहादुर गौतमलाई इन्सेक जिल्ला सहजकर्ता ललिता बिकले नगद  तीन हजार पाँच सय रुपियाँ हस्तान्तरण गर्नुभएको छ ।

Photo20231221Surkhet (1)

Photo20231221Surkhet (2)

अन्य

भिडियो