कपिलवस्तु नगरपालिका– ३ स्थित यशोधरा माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा इन्सेकको सहयोगमा बाल विवाह विरूद्ध सडक नाटक वैशाख १४ गते सम्पन्न भएको छ ।
नाटकमा बाल विवाह , शिक्षाको अधिकार , लैंगिक विभेद , जातीय विभेद , स्वास्थ्य र वातावरण लगायतको विषयमा नाटक प्रस्तुत गरिएको थियो ।
सानो उमेरमा विवाह गर्दा बालिका शिक्षाबाट वञ्चित हुने , छोरीलाई दाईजो होईन शिक्षा दिनु पर्छ लगायतका बिषयमा समूहले नाटक मार्फत प्रस्तुत गरेका थिए ।
सडक नाटकलाई अवलोकन गर्दै कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेले बाल विवाह गर्नु हुँदैन छोरीलाई छोरा बराबर शिक्षा दिनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी, विद्यालयका बाल सङ्रक्षक शिक्षक बिकास कुमार बञ्जाडेले बाल अधिकार चेतना समूहका बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
