INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहद्वारा जातीय विभेद सम्बन्धी सडक नाटक प्रदर्शन

कपिलवस्तु नगरपालिका– ३ स्थित यशोधरा माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा शिक्षा, स्वास्थ्य, वातावरण, र जातीय विभेद तथा लैंगिक विभेदविरूद्ध सडक नाटक चैत २८ गते सडक नाटक प्रदर्शन गरिएको छ ।

नाटकमा जातीय विभेद तथा लैंगिंक विभेद, शिक्षा, स्वास्थ्य र वातावरण लगायतको  विषयमा नाटक प्रस्तुत गरिएको थियो । उक्त नाटकमा सिप र श्रम चल्ने तर पानी नचल्ने, दलितले कुदेका मुर्ति तथा भाँडाहरु चल्ने तर दलितले छोएको पानी नचल्ने लगायतका बिषयमा प्रस्तुत गरिएको छ ।

सडक नाटकलाई अवलोकन गर्दै कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेले सान्दर्भिक बिषय बस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो । उहाँले जातिय विभेद, शिक्षा, स्वास्थ्य , लैंगिक विभेद , वातावरणलगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु आफैमा महत्वपूर्ण भएको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक बिनोदकुमार कुर्मीले बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले इन्सेकले गर्दै आएको अभियानहरूको विषयमा जानकारी दिंदै विद्यालय स्तरिय बाल अधिकार चेतना समूह मार्फत गरिने विभिन्न सन्देश मूलक कार्यक्रमहरूबाट सकारात्मक सन्देश जाने बताउनु भयो ।

बाल अधिकार चेतना समूहकी अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए ।

photo2023041101kapilvastu

अन्य

भिडियो