INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहको आयोजनामा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्मन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र बाल अधिकार चेतना समूहको अयोजनामा कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिकाका बिभिन्न बिद्यालयमा विश्व बालदिवसको अवसरमा विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता ०८१ मङ्सिर ५ गते सम्मन्न भएको छ ।

photo20241121kailali (1)

‘भविष्यका बारेमा सुन्नुहोसः बालबालिकाको अधिकारको बारेमा उभिनुहोस’ भन्ने मुल नाराका साथ विश्व बाल दिवसको अवसरमा लैङ्गिक हिंसा न्युनिकरणमा बालबालिकाको भुमिका विषयमा विद्यालयस्तरीय निवन्ध लेखन प्रतियोगिता कैलारी गाउँपालिकाका राष्ट्रिय माध्यामिक विद्यालय, भुइयाफाँटा, जनकल्याण माध्यामिक विद्यालय, पवेरा र घोडाघोडी नगरपालिकास्थित कान्तीराजलक्ष्मी माध्यामिक विद्यालय, पहलमानपुर र दशरथ माध्यामिक विद्यालय, साडेपानीमा सम्पन्न भएको हो ।

photo20241121kailali (2)

कैलारी गाउँपालिका राष्ट्रिय माध्यामिक विद्यालय, भुइयाफाँटाका बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक रामकुमार चौधरीले विश्व बाल दिवसको अवसरमा लैङ्गिक हिंसा न्युनिकरणमा बालबालिकाको भुमिका विषयमा विद्यालयस्तरीय निवन्ध लेखन प्रतियागितामा कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएको बताउनु भयो ।

विषयवस्तु समय सान्दर्भिक रहेकाले विद्यार्थीहरुको लेखन शैलीको विकास हुनुको साथै क्षमता अभिबृद्धी भएको र बालबालिकाहरुको प्रतिभा प्रस्फुटन हने कार्यक्रमहरु निरन्तर गरिरहन आवश्यक रहेको उहाँले बताउनु भयो ।

photo20241121kailali (3)

घोडाघोडी नगरपालिकास्थित दशरथ माध्यामिक विद्ययालय, साडेपानीकी बाल अधिार चेतना समूहकी अध्यक्ष निसा सन्ज्यालले बाल अधिार चेतना समूहले विद्यालयमा सरसफाई, सडक नाटक, बाल भित्ते पत्रिका प्रकाशन, बृक्षरोपण, हाजिरी जवाफ, निवन्ध लेखन प्रतियोगिता जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनु भयो ।

photo20241121kailali (4)

photo20241121kailali (5)

अन्य

भिडियो