मायाँदेवी गाउँपालिका– ५ स्थित जनता मावि बलुहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह मायाँदेवीको आयोजना तथन वडा नं १ को वडा कार्यालयको समन्वय र इन्सेकको सहयोगमा वातावरण सरसफाई तथा स्वास्थ्य सम्बन्धी सडक नाटक मङ्सिर १० गते वडा नं। ५ को बलुहवामा प्रदर्शन गरिएको छ ।
नाटकमा वातावरण सरसफाई तथा स्वास्थ्य सम्बन्धी सचेतना मूलकका बिषयहरू समेटि आफूले गरेको फोहोर , आफ्नो घरदेखि निस्किएको फोहोर अरुको घरको अगाडि नफालौं , जथाभावी फोहोर फाले नकारात्मक प्रदुषणले स्वास्थ्यमा असरपार्ने भएकोले स्वास्थ्यलाई स्वस्थ राख्न वातावरण संरक्षणमा ध्याना दिऔं । सड्ने र नसड्ने फोहोरको व्यवस्थापन गरौं , खुल्ला स्थानमा दिशा पिसाब नगरौं , स्वच्छ घर , स्वच्छ गाउँ बनाउन सबैले हातेमालो गरौं लगायतका सन्देश मूलक बिषयहरू नाटकमा समावेश गरिएको थियो ।
कार्यक्रममा वडा नं। ५ का वडा प्रतिनिधि निरजकुमार तिवारीले सरकारले गर्ने कार्यलाई इन्सेकले विद्यालयका बालबालिकाहरू मार्फत समाजमा सचेतना फैलाउने कार्य गर्नु नै सह्रायिन भएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानले इन्सेकको सहयोग र सहकार्यबाट बालबालिकाहरूलाई थप सिकाई भएको र बिभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दा बालबालिकाहरूमा क्षमता वृद्धि हुनु नै मुख्य उपलब्धी भएको बताउनु भयो ।
बाल संरक्षक शिक्षक बाल किसुन चौधरीले सडक नाटकको सहजीकरण गर्दै मानव जिवनलाई स्वस्थ्य राख्न घर , विद्यालय र गाउँ समाज सफा हुनु आवश्यक भएको बताउनु भयो ।
