इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम माघ २८ गते वीरेन्द्रनगरमा सुरू भएको छ ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत सल्यान, सुर्खेत र जाजरकोट जिल्लाका ६ ओटा सरकारी विद्यालयमा गठित बाल अधिकार चेतना समूहका सदस्य, सम्बन्धीत विद्यालयका संरक्षक शिक्षक र जिल्ला सहजकर्ता तालिममा सहभागि भएका छन् ।
दुई दिनसम्म संचालन हुने तालिममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले इन्सेक अभियान र बाल अधिकार कार्यक्रम, कार्यक्रम संयोजक दिलबहादुर चौधरीले बाल अधिकारको ऐतिहासिक विकासक्रम, मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बाल अधिकारको संक्षिप्त परिचय तथा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक युवराज शर्माले भित्तेपत्रिका र बाल अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको विषयमा अधिवक्ता गिता कोइरालाले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले बाल अधिकारको संरक्षण सम्बद्र्धनका लागि सबै पक्षको समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
तालिमको दोश्रो दिन आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले बालश्रम, अधिकार र जिम्मेवारी, वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भुमिका तथा बाल अधिकार चेतना समूहको गठन प्रक्रिया र यसको जिम्मेवारीका विषयमा कार्यक्रम संयोजक दिलबहादुर चौधरीले सहजीकरण गर्ने जिल्ला सहजकर्ता विन्दुलाल रेग्मीले जानकारी दिनु भयो ।
तालिममा बाल अधिकार चेतनाा समूहका २४ जना, संरक्षक शिक्षक ६ जना र तीन जना जिल्ला सहजकर्ता समेत ३३ जनाको सहभागिता रहेको छ ।
