INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका पदाधिकारीलाई दुई दिने तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिमको पुस १६ गते बाहृदशी गाउँपालिकामा सम्पन्न गरिएको छ ।

तालिममा बाल अधिकार के हो ?, बाल अधिकारको ऐतिहासिक अवधारणा, बाल भित्तेपत्रिका, बालमैत्री सुशासनका सम्बन्धमा जानकारी दिइएको छ । ।

तालिममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत वागमती कट्टेल तथा गणेश पोख्रेल र चन्द्र चुडालले सहजीकरण गरेका छन् ।

तालिममा बाहृदशी गाउँपालिकाका अमृत आधारभूत विद्यालय, भगवती आधारभूत विद्यालय, फूलबारी मावि, जनविकास आधारभूत विद्यालय र पशुपति माविका ४० जना बालबालिकाको सहभागिता रहेको थियो ।

नरेश खाती

अन्य

भिडियो