इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले मायाँदेवी गाउँपालिका –५ स्थित जनता मावि बलुहवामा फागुन २७ गते बाल विवाहविरूद्ध सडक नाटक प्रदर्शन गरेका छन् ।
बालवालिकाको अधिकार हनन गरिदिनु हुँदैन , माध्यमिक तहसम्मको शिक्षाको अधिकार देउ , उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारबाही होस भन्दै बिहेवारी २० वर्षपारी हुनुपर्छ भन्ने लगायतका विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो ।
सडक नाटकलाई अवलोकन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बालबालिकाहरूले समाजलाई सचेत बनाउने विषयलाई समेटर प्रस्तुती गरेको बताउनु भयो ।
बाल विवाह , बहुविवाह , दाईजो प्रथा , शिक्षा , स्वास्थ्य , वातावरण , लैंगिक विभेद लगायतका बिषयमा सचेतना मुलक नाटक प्रदर्शनले आम नागरिकलाई सचेत बनाउन सकिने यादवले बताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक रामनिवास चौहानले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले स्थानिय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।