अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुनसरीको इटहरीमा असोज २८ गतेदेखि सुरू भएको छ ।

तीन दिनसम्म चल्ने तालिममा मोरङ, सुनसरी र सिरहाका १२ ओटा विद्यालमया रहेका बाल अधिकार चेतना समूहका पदाधिकारी तथा सदस्यहरू सहभागी छन् । तालिमको उद्घाटन गर्दै इन्सेक क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले बालबालिकालाई राज्यका निकायको पहुँचसम्म पुर्याउन उनीहरूलाई सक्षम बनाउनु पर्ने बताए । बालबालिका आफ्ना अधिकारबारे सचेत भएमात्र राज्यको पहुँचमा पुग्ने बताउँदै उनले बालिबालिकाको क्षमता विकासमा जोड दिए ।
तालिममा बाल अधिकार, बाल संरक्षण, बालश्रम, भित्तेपत्रिका, बालमैत्री शासनलगायतका विषयमा तालिम दिइने इन्सेक क्षेत्रीय कार्यालयकी कार्यक्रम संयोजक बाग्मती कट्टेलले बताइन् ।
शेखर ढकाल