INSEC Online

📅 २०८३ जेष्ठ २१

बालाधिकार सचेतना समूह पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न

WhatsApp Image 2023-10-09 at 9.48.12 AM

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० मधेस प्रदेश कार्यालयको आयोजनामा बटेश्वर गाउँपालिका स्थित श्री शिव शक्ति माध्यमिक विधालय बटेश्वर, (४ मा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।

बटेश्वरको श्री शिव शक्ति माध्यमिक विद्यालयमा इन्सेक मधेस प्रदेश कार्यालयद्वारा गठित बाल अधिकार सचेतना समूहको ०८० असोज २१ गते बाल अधिकार सचेतना समूहका सदस्य कृति कापरको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार सचेतना समूह पुनर्गठन गरिएको छ ।

पुनर्गठन भएको बालअधिकार सचेतना समूहको अध्यक्षमा कृति कापर, उपाध्यक्ष श्रृजना कुमारि महत्तो, वरिष्ठ उपाधक्ष्य रमिला रूचाल, सचिव सपना कुमारि महत्तो, सहसचिव अभिशेक ठाकुर, कोषाध्यक्ष हिरा कुमारी यादव, संरक्षक शिक्षक लोकहरि खतिवडा चयन हुनुभएको छ।

संरक्षक शिक्षक लोकहरि खतिवडाले “बालबालिकाहरू कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन निर्माण मात्र नगरि, विद्यालयका अन्य गतिविधिमा समेत सकारात्मक सोचका साथ लागि पर्ने” बताउनु भयो। बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागीता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकरात्मक सहयोग बारेमा सहजिकरण गर्ने निर्णय उहाँले बताउनु भयो ।

बैठक तथा कार्यक्रममा बटेश्वर गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष सुरज महतो ,धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको सहभागिता थियो ।
WhatsApp Image 2023-10-09 at 9.48.32 AM

अन्य

भिडियो