बागलुङको काठेखोला गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयले सुक्ष्म रुपमा पाठ्य योजना तयार गरेर पठनपाठन गराउनुपर्ने सहभागिहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै शिक्षक अभिभावक विद्यार्थी संघका संयोजक वृहस्पति कंडेलले बालबालिकालाई उनीहरुको अधिकार र कर्तव्यको बारेमा प्रशिक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक रधुनाथ कंडेलले विद्यालयका गतिविधिहरुमा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको थियो ।
भिमसेन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै सहभागीले शिक्षकले पाठयोजना निर्माण गर्नुपर्ने, डायरी निर्माण गरि बालबालिकाको रुचिलाई ध्यानमा राखेर अध्यापन गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले बालबालिकाको सन्तुलित भोजन, सरसफाइ र स्वास्थ्य प्रति सम्वेदनशील बन्नुपर्ने बताउनुभएको थियो ।
सानो उमेरबाट बालबालिकाको स्वास्थ्य प्रति ध्यान पु¥याउँदा उनीहरुको बौद्धिकतामा सकारात्मक प्रभाव पर्ने भन्दै विद्यालय र घरमा उनीहरुलाई नैतिक शिक्षा सिकाउन जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रधुनाथ कंडेलले विद्यालयका गतिविधिहरुमा विद्यार्थीलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाको शिक्षा स्रोत व्यक्ति रामचन्द्र कंडेलले शिक्षाको अधिकार सम्बन्धी जानकारी दिनुभएको थियो । कंडेलले विद्यालयमा गठन भएको बालअधिकार चेतना समूहले अन्य बालबालिकालाई पनि समेटेर विद्यार्थीको व्यक्तित्व विकासका लागी समय समयमा कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बाल अधिकार चेतना समूहका संयोजक निसा कंडेलको अध्यक्षयता र सचिव रामचन्द्र कंडेलको संचालनमा सम्पन्न भएको थियो ।



