INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकालाई क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत मङ्सिर २ गतेदेखि दुई दिने क्षमता अभिवृद्धि तालिम विराटनगरमा सञ्चालन गरिएको छ ।

Photo20181119Morang (2)

बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो । मङ्सिर ३ गतेसम्म सञ्चालन हुने तालिममा जहदा गाँउपालिकाका चार ओटा साम्दायिक विद्यालयका ३२ जना बालबालिका र चार जना संरक्षक शिक्षकको सहभागिता रहेको छ । तालिममा जनता मावि, गुदेश्वरी मावि, दुर्गा मावि र श्री माविका बालबालिकाहरूको सहभागिता छ ।

तलिममा इन्सेक अभियान, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बालबालिका को हुन, बाल अधिकार के हो ?, बालकदेखि बालकसम्मको सोचाइ बारे छलफल, बालश्रम कारण र परिणाम, बाल भित्तेपत्रिका बारे चिनारी, विद्यालयमा बालमैत्री शुसाशन र सुचकहरू, वालअधिकार महासन्धी, बाल यौन दुराचारलगायतमा विषयमा जानकारी गराउने इन्सेक प्रदेश १, कार्यालयकी कार्यक्रम अधिकृत बागमती कट्टेलले बताइन् ।

Photo20181119Morang (1)

तालिममा इन्सेक प्रदेश १ कार्यालय विराटनगरका संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत बागमती कट्टेललगायतले सहजीकरण गरिरहेका छन् ।

इन्दिरा भट्टराई

अन्य

भिडियो