अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र अमोर सेवा नेपाल, फेदीखोला को आयोजनामा अमोर बाल गृहमा रहेका बालबालिकाहरुका लागि बाल अधिकारसम्बन्धी तालिम साउन २० गते सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दै फेदीखोला-१ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो वडाले बाल अधिकारसम्बन्धी कार्यक्रम समावेश गरेको बताउँदै बाल अधिकारसम्बन्धी कार्यक्रमहरू इन्सेक सँगको सहकार्यमा सञ्चालन गर्ने बताउनुभयो ।
इन्सेक, गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले बालबालिकाहरूलाई अधिकार र कर्तव्यको बारेमा सचेत र सुसूचित गर्नसके सुयोग्य नागरिक तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा बाल अधिकार, ऐतिहासिक विकासक्रम, संविधानमा बाल अधिकार, बालबालिकासम्बन्धी ऐन २०७५ लगायतका विषयमा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र कार्यक्रम फोकल पर्सन सवनम शर्माले सहजीकरण गर्नुभएको थियो ।
गत आठ वर्षदेखि सञ्चालित अमोर बाल गृहमा ११ जना बालिका र १९ जना बालक छन् ।


