INSEC Online

📅 २०८३ जेष्ठ २१

बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बटेश्वर गापा मा गठन गरेको बालअधिकार समुहका पदाधिकारीहरुलाई दुई दिने बाल अधिकार शिविर तथा क्ष्मता अभिवृद्धि तालिम मङ्सिर २६ गते सम्पन्न गरेको छ ।

बटेश्वर गापा को सभाहलमा आयोजना गरिएको तालिममा मानवअधिकार शिक्षा कार्यक्रमका लागि श्री शिवशक्ति नमुना माध्यमिक विद्यालय, बटेश्वर र लक्ष्मी माध्यमिक विद्यालय, चित्रपुरमा गठित बालअधिकार समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

तालिमको क्रममा सहभागिहरुलाई बालअधिकार समुहले गर्नुपर्ने काम, कर्तव्य र अधिकार, बालभित्ते पत्रकारिता र आचारसंहिता, नेतृत्व तथा क्षमता विकास, सामाजिक समस्या र त्यसको समाधानलगायतको विषयमा तालिम दिइएको हो ।

तालिम समापन कार्यक्रममा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले समग्र रुपमा मानवअधिकारको रक्षार्थ र बालअधिकारको क्षेत्राधिकार भित्र रहेर आफना काम, कर्तव्य गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले समाजमा व्याप्त सामाजिक, सांस्कृतिक तथा लैगिंक कुरुति र हिंसा, बालविवाह, दहेज प्रथालगायतको सवालमा न्युनिकरणका लागि पालिकासंग समेत समन्वय गरि बालअधिकार समुहले कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकार निगरानी समुहका अध्यक्ष सुरज महतोले मानवअधिकारको रक्षा र बालअधिकारको संरक्षण, सम्वद्र्धनका लागि आफुहरुको अभियानमा जनप्रतिनिधीहरुको समेत साथ र सहयोगको अपेक्षा गर्नुभयो । तालिममा सहभागि ५० जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

अन्य

भिडियो