INSEC Online

📅 २०८३ जेष्ठ २१

बालअधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

बालअधिकार चेतना समूहका पदाधिकारिका लागि इन्सेक गण्डकी प्रदेशको आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नवलपुरको कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा संचालन गरिएको मानव अधिकार संरक्षण र सम्वर्धनको लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत कावासोती नगरपालिकाको शान्ति निकुञ्ज मावि र विनयी त्रिवेणी गाउँपालिकाको भानुदय माविमा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरुका लागि तालिमको आयोजना गरिएको थियो ।

तालिम उद्घाटन सत्रका प्रमुख अतिथि कावासोती नगरपालिका शिक्षा शाखाका नगर शिक्षा अधिकृत राजन पाण्डेले कावासोती नगरपालिका सहित नवलपुर र देशका विभिन्न स्थानीय तहहरु अहिले बालमैत्री स्थानीय शासन लागु गर्ने प्रकृयामा रहेको हुदाँ यस्ता तालिमले कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अधिकार साथै कर्तव्य आउने भएकाले विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकालाई नैतिक शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो । किताबी ज्ञान मात्रै भन्दा पनि व्यवहारिक ज्ञान समेत बालबालिकाहरुलाई दिनुपर्ने उहाँको जोड थियो । यस किसिमका तालिमले बाललबालिकालाई व्यवहारिक ज्ञान दिने हुँदा यो तालिम राखेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

पाण्डेले कर्तव्यलाई राम्ररी बुझ्न सकेमा समाज सुसंस्कृत हुन सक्ने भन्दै समाजको सहि ढंगले विकास गर्न आजका कलिला मस्तिष्कमा सकारात्मक र सहि नैतिक शिक्षा प्रदान गर्र्न हरेक विद्यालयका शिक्षकहरु लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख शिव खकुरेलले इन्सेक मानव अधिकारको क्षेत्रमा लामो समयबाट वकालत गर्ने  संस्था रहेको भन्दै विगत लामो समय देखि बाल अधिकार रक्षा र यसको सम्वर्धनमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

इन्सेकले देशका सबै जिल्लाहरुमा मानव अधिकार उल्लङघनका घटनाहरुको तथ्याङ्क संकलन गर्ने काम गर्दै आइरहेको समेत जानकारी दिनुभयो । यहि फागुन सात गते इन्सेकले प्रत्येक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकको सार्वजनिकीकरण गरेको बताउदै उहाँले उक्त पुस्तकमा उल्लेख भए अनुसार गण्डकी प्रदेशमा मात्रै बालअधिकार उल्लङघनका घटनामा ९० बालबालिका पीडित भएको जानकारी दिनुभयो । नवलपुर जिल्लामा मात्रै बालअधिकार उल्लङघनका १३ वटा घटना  भएको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

जसमध्ये ६ जना बालिका बलात्कारमा परेको, ६ जनामाथि यौन दुव्र्यवहार भएको र विद्यालयमा शारीरिक सजाय भोगेका बालक एक जना रहेको जानकारी गराउनुभयो ।

यस्तै खकुरेलले बालबालिकालाई कतिपय अवस्थामा शोषणमा परेको जानकारी समेत नहुने हुँदा यस्ता तालिमले बालबालिकालाई हिंसा र शोषणबाट  बच्न समेत सचेत बनाउने भन्दै बालबालिकालाई हरेक किसिमले सशक्तिकरण गर्न इन्सेक अभियानले टेवा पुर्याउने बताउनुभयो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्माले मानव अधिकार र बालअधिकारका बारेमा समूहका बालबालिकालाई  जानकारी प्रदान गर्दै बालबालिकाको नेतृत्व विकासमा टेवा पुर्याउन तालिमको आयोजना गरेको बताउनुभयो । दुई दिने तालिमबाट समूहको काम कर्तव्य र अधिकारको बारेमा जानकारी प्रदान गरिने र समूहले वर्षभरि गर्ने कार्ययोजना तयार पारिएको जानकारी दिनुभयो ।

इन्सेक अभियान अन्तर्गत दुई स्थानीय तहमा संचालन गरिएको परियोजना अन्तर्गत कावासोती नगरपालिकाको शान्ति निकुञ्ज माविले दादुरा र रुबेला अभियानमा र्‍याली गर्ने, विद्यालयमा सरसफाइका साथै फुलबारी निर्माण गर्ने, विधार्थी भर्ना अभियान, ३–३ महिनामा भित्ते पत्रिका प्रकाशन गर्ने र बालअधिकारका विषयमा कार्यक्रम गर्ने कार्ययोजना बनाएको छ ।

त्यस्तै बिनयी त्रिवेणी गाउँपालिकाको भानुदय माविले भर्ना अभियान, बालविवाह न्यूनिकरण अभियान, भित्ते पत्रिका प्रकाशन, दादुरा र रुबेलाविरुद्ध खोपमा सहयोग र बाल अधिकारका लागि गाउँपालिका प्रमुखसँग छलफल गर्ने कार्ययोजना निर्माण गरेको छ ।  कार्यक्रममा बाल अधिकार चेतना समूहमा आबद्ध विद्यार्थी र शिक्षक समेत गरि २५ जनाको सहभागिता रहेको थियो ।

photo20200225Nawalpur1

 

photo20200225Nawalpur2

 

अन्य

भिडियो